News Portal

  • उमेश गिरीले मदन भण्डारीको हत्या गर्ने जिम्मा मलाई दिन खोजेका थिएँ : ओली

    हिमालीसंचार संवाददाता
    ४२८ पटक

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको हत्याका लागि कांग्रेसी नेतालाई जिम्मा दिने कुरा भएको खुलासा गरेका छन्। बल्खुमा आयोजित ३० औं मदन आश्रित दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले बिराटनगरका ‘अपराधी’ उमेश गिरीलाई हत्या गर्ने जिम्मेवारी दिन खोजिएको खुलासा गरेका हुन्।

    ‘मैले भनिराख्नु पर्दैन, कहाँ कसरी उहाँ (मदन–आश्रित) हरूको हत्या भएको थियो। त्यस सन्दर्भमा उमेश गिरीले एउटा अन्तवार्ता दिनुभएको छ, केही अगाडि। उहाँले मदन भण्डारीको हत्या गर्ने कामको जिम्मा मलाई दिन खोजिएको थियो, मैले मानिनँ भनेर खुलस्त पार्नुभएको थियो,’ ओलीले भने, ‘नाम तोकेर भन्नुभएको छ, फलानाले बोलाएर मलाई यसो भनेका थिए भनेर, यस सन्दर्भमा समयमा खोजी हुनेछ । सत्यतथ्य बाहिर आउनेछन्।’

    बिराटनगरका ‘डन’ गिरी हालै जेलमुक्त भएका छन्। उनीसँग मदन भण्डारीको हत्याको योजनाका बारेमा आएको प्रस्तावको खोजी गरेमा अपराधी नजिकसम्म पुग्न सकिने ओलीले जनाएका छन्।

    महान सपना बोकेर पनि तीनलाई पूरा गर्न नपाउँदै हत्या गरिएका मदन भण्डारी आदर्श व्यक्ति भएको ओलीले जनाएका छन्। उनले मदन भण्डारीले प्रतिपादित गरेको जनताको बहुदलीय जनवाद (जबज)ले बिश्व कम्युनिष्ट आन्दोलनलाई नै सही बाटो देखाउन सफल भएको समेत जनाएका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २२ गतेको राशिफल

    आज असोज २२, २०८२ (अक्टोबर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीले २४ घण्टाभित्र बालेन–सुदनविरुद्धको जाहेरीमा जवाफ दिने

    काठमाडौं, असोज २१ — काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्धको...

    घरै बसेर सजिलै कमाउने प्रलोभनमा नपर्न साइबर प्रहरीले चेतावनी

    काठमाडौं, असोज २१ — सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी बढ्दै गएको छ। नेपाल प्रहरीले विभिन्न लोकप्रिय...

    विश्वप्रकाश शर्माद्वारा विशेष महाधिवेशनका लागि हस्ताक्षर अपिल

    काठमाडौं, असोज २१ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूलाई असोज...

    सिंहदरबारमा राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को बैठक, राहत प्याकेजमा छलफल

    काठमाडौं, असोज २१ — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...