News Portal

गण्डकीका नवनियुक्त ४ मन्त्रीले लिए शपथ

हिमालीसंचार संवाददाता
३०६ पटक

पोखरा। गण्डकी प्रदेशका नवनियुक्त ४ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। आज प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनीहरूलाई शपथ गराएका हुन्।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बाग्लुङका दीपेन्द्रबहादुर थापा, तनहुँका जीतप्रकाश आले र नेकपा माओवादी केन्द्रबाट रेशमबहादुर जुग्जालीलाई आजै मन्त्री नियुक्त गरेका थिए।

यसअघि एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बन्ने चर्चा रहेपनि उनको ठाउँमा कांग्रेसका आले मन्त्री बनेका छन्।

गत वैशाख ९ गते नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस–माओवादीसहितको गठबन्धनबाट पाण्डे गएको १४ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...