News Portal

नक्कली भुटानी शरणार्थी प्रकरणविरूद्ध विवेकशील साझाको प्रदर्शन

हिमालीसंचार संवाददाता
२९२ पटक

नवीनबाबु गुरूङ, काठमाडौं। विवेकशील साझा पार्टीको युवा संगठनले नक्कली भुटानी शरणार्थी प्रकरणको विरूद्ध प्रदर्शन गरेको छ।

मंगलबार दिउँसो माइतीघर मण्डलमा उनीहरूले प्रदर्शन गरेका हुन्। उनीहरू विभिन्न नारासहित प्रदर्शनमा उत्रिएका थिए।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको घटनाबारे खबरदारी गर्दै प्रदर्शन गरेका हुन्।

उनीहरूले भिआइपी अपराधीहरूलाई पक्राउ गर, भन्नेछौं हामी बारम्बार भ्रष्टाचारीलाई कारागार, मानव तस्कर र लुटेरालाई कारबाही गर, टोपबहादुर कि टापबहादुर लगायत विभिन्न नारासहित प्रदर्शन गरेका थिए।

प्रदर्शनमा पार्टीकी महासचिव रन्जु दर्शना पनि सहभागी भएकी थिइन्।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...