News Portal

कांग्रेस युवा नेताहरूले देशभरका सबैं प्रदेशमा भेला गर्दैं सबै प्रदेशमा युवा संयोजक तोक्यो

हिमालीसंचार संवाददाता
२२५ पटक

काठमाडौं – नेपाली कांग्रेसका युवा नेताहरूले पार्टी रूपान्तरणकका लागि प्रदेश भेला राख्ने निर्णय गरेका छन्। भक्तपुरको कौशलटारमा हिजो आइतबार बसेको शेखर कोइराला निकट युवा नेताहरुको बैठकले देशभरका सातै प्रदेशमा भेला बोलाउने निर्णय गरेका छन्।

आगामी जेठ महिनामा ७ वटै प्रदेशमा भेला गर्ने निर्णय भएको बैठकमा सहभागी नेता रञ्जित कर्णले बताए । कांग्रेसमा आमुल परिवर्तन र रूपान्तरणका लागि देशव्यापी अभियान चलाउने बैठकले निर्णय गरेको उनले बताए । उनका अनुसार अभियानअन्तर्गत कांग्रेसले प्रदेशका अगुवा कार्यकर्ताहरूसँग छलफल गर्ने निर्णय गरेको हो। हिजो बसेको भेलाले देशभरका सबै प्रदेशहरुमा संयोजक तोकिएको जानकारी दिए

नेता रञ्जितका अनुसार कोशी संयोजकमा गुरूराज घिमिरे, मधेश संयोजकमा रञ्जित कर्ण, बागमती संयोजकमा मधु आचार्य, गण्डकी संयोजकमा देवराज चालिसेलाई तोकिएको छ । लुम्बिनीमा गोविन्दराज पोखरेल, कर्णालीमा भूपेन्द्रजंग शाही र सुदूरपश्चिममा भरत खड्कालाई संयोजकको जिम्मेवारी दिइएको छ ।

प्रतिकृया दिनुहोस्

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबारे आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं, पुस ९ – विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै निवर्तमान सांसदहरूले दायर गरेको...