News Portal

कांग्रेस युवा नेताहरूले देशभरका सबैं प्रदेशमा भेला गर्दैं सबै प्रदेशमा युवा संयोजक तोक्यो

हिमालीसंचार संवाददाता
२६९ पटक

काठमाडौं – नेपाली कांग्रेसका युवा नेताहरूले पार्टी रूपान्तरणकका लागि प्रदेश भेला राख्ने निर्णय गरेका छन्। भक्तपुरको कौशलटारमा हिजो आइतबार बसेको शेखर कोइराला निकट युवा नेताहरुको बैठकले देशभरका सातै प्रदेशमा भेला बोलाउने निर्णय गरेका छन्।

आगामी जेठ महिनामा ७ वटै प्रदेशमा भेला गर्ने निर्णय भएको बैठकमा सहभागी नेता रञ्जित कर्णले बताए । कांग्रेसमा आमुल परिवर्तन र रूपान्तरणका लागि देशव्यापी अभियान चलाउने बैठकले निर्णय गरेको उनले बताए । उनका अनुसार अभियानअन्तर्गत कांग्रेसले प्रदेशका अगुवा कार्यकर्ताहरूसँग छलफल गर्ने निर्णय गरेको हो। हिजो बसेको भेलाले देशभरका सबै प्रदेशहरुमा संयोजक तोकिएको जानकारी दिए

नेता रञ्जितका अनुसार कोशी संयोजकमा गुरूराज घिमिरे, मधेश संयोजकमा रञ्जित कर्ण, बागमती संयोजकमा मधु आचार्य, गण्डकी संयोजकमा देवराज चालिसेलाई तोकिएको छ । लुम्बिनीमा गोविन्दराज पोखरेल, कर्णालीमा भूपेन्द्रजंग शाही र सुदूरपश्चिममा भरत खड्कालाई संयोजकको जिम्मेवारी दिइएको छ ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...