News Portal

लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिने मिति एक दिन सर्‍यो

हिमालीसंचार संवाददाता
२९४ पटक

दाङ। लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले १९ वैशाखमा प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। यसअघि १८ वैशाखमा विश्वासको मत लिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको थियो।

तर, प्रदेशसभामा आइतबार मात्र विश्वासको मत मुख्यमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव दर्ता भयो। यस्तो प्रस्ताव दर्ता भएको ४८ घण्टा पुगेपछि मात्र प्रदेशसभामा छलफल हुने भएकाले मंगलबार सो प्रस्तावमाथि छलफल र निर्णय हुने भएको हो।

मंगलबारका लागि प्रदेशसभा बैठक आह्वान भइसकेको छ। कांग्रेस प्रदेशसभा संसदीय दलका नेता चौधरी माओवादी केन्द्र, नागरिक उन्मुक्ति, जसपा, लोसपा र जनमत पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। यो गठबन्धनको सभामा स्पष्ट बहुमत भएकाले मुख्यमन्त्री चौधरीले विश्वासको मत पाउने लगभग निश्चित छ।

माओवादीले समर्थन फिर्ता लिएपछि यसअघिका मुख्यमन्त्री एमाले संसदीय दलका नेता लीलानाथ गिरीले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव राखेका थिए। सो प्रस्ताव अस्वीकृत भएपछि उनको सरकार ढलेको थियो।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...