News Portal

लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिने मिति एक दिन सर्‍यो

हिमालीसंचार संवाददाता
२४३ पटक

दाङ। लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले १९ वैशाखमा प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। यसअघि १८ वैशाखमा विश्वासको मत लिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको थियो।

तर, प्रदेशसभामा आइतबार मात्र विश्वासको मत मुख्यमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव दर्ता भयो। यस्तो प्रस्ताव दर्ता भएको ४८ घण्टा पुगेपछि मात्र प्रदेशसभामा छलफल हुने भएकाले मंगलबार सो प्रस्तावमाथि छलफल र निर्णय हुने भएको हो।

मंगलबारका लागि प्रदेशसभा बैठक आह्वान भइसकेको छ। कांग्रेस प्रदेशसभा संसदीय दलका नेता चौधरी माओवादी केन्द्र, नागरिक उन्मुक्ति, जसपा, लोसपा र जनमत पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। यो गठबन्धनको सभामा स्पष्ट बहुमत भएकाले मुख्यमन्त्री चौधरीले विश्वासको मत पाउने लगभग निश्चित छ।

माओवादीले समर्थन फिर्ता लिएपछि यसअघिका मुख्यमन्त्री एमाले संसदीय दलका नेता लीलानाथ गिरीले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव राखेका थिए। सो प्रस्ताव अस्वीकृत भएपछि उनको सरकार ढलेको थियो।

प्रतिकृया दिनुहोस्

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबारे आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं, पुस ९ – विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै निवर्तमान सांसदहरूले दायर गरेको...