News Portal

प्रचण्ड सरकार असफल भए माओवादी सकिन्छ: दीपशिखा

हिमालीसंचार संवाददाता
२६२ पटक

काठमाडौं। नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार असफल भए माओवादी सकिने टिप्पणी गरेका छन्।

सरकारको अहिलेको कार्यसम्पादनप्रति सन्तुष्ट हुन नसकिरहेको उनको भनाई छ। उनले पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीको ध्यानाकर्षण भन्दै फेसबुकमा लेखेका छन्, ‘सरकार असफल हुँदा माओवादी पनि सकिन्छ, जुन उचाइबाट सरकारको कार्यसम्पादन हुनुपर्ने हो, भइरहेको छैन।’

ढ्याउ गरेर डकारिरहेको सिंहदरबारलाई छाक टार्न लडिरहेका तलकाहरूले सधैँ नबोक्ने उनको बुझाई छ। ‘यतिबेलामात्रै सरकार सफल हुन्छ जतिबेला जनता, कार्यकर्ता र नेतालाई आफ्नो जस्तो लाग्छ। ढ्याउ गरेर डकारिरहेको सिंहदरबारलाई छाक टार्न लडिरहेका तलकाहरूले सधैँ बोक्दैन है’, उनले भनेका छन्।

नेतृत्वप्रति आफ्नै हुन् भने बस्दा अस्तित्व नै समाप्त हुनेतिर उन्मुख भएकाले अब बोल्नुपर्ने समय आएको उल्लेख गरेका छन्। ‘अब बोल्न सुरू गर्नुपर्छ। नबोल्दा र आफ्नै हुन् भनी सहँदा अस्तित्व नै समाप्त हुनेतिर उन्मुख भयो। बढी भए अर्थ न बर्थको जिम्मेवारीबाट मुक्त होइन्छ। अरू कै नै जान्छ र ?’ उनले भनेका छन्।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...