News Portal

उपेन्द्र यादव ४ हजारभन्दा बढी मत अन्तरले अगाडि

हिमालीसंचार संवाददाता
२०१ पटक

काठमाडौं। बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना जारी छ। सत्ता गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवले अग्रता कायम राखेका छन्।

करैयामाई र सुवर्ण गाउँपालिकाको मत गणना सकिंदा यादव ४ हजार ४ सयभन्दा बढी मत अन्तरले अगाडि छन्। यादवले १२ हजार ११९ मत पाउँदा उनलाई पछ्याइरहेका जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहाले ७ हजार ६९३ मत पाएका छन्। यादव र कुशवाहबीचको मतअन्तर ४ हजार ४२६ छ।

तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ४ हजार ३२८ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रमेश खरेलले १९४१ मत पाएका छन्।

प्रभु साह नेतृत्वको आम जनता पार्टीका उम्मेदवार अरुण कुमार ज्ञवालीले ६२० मत पाएका छन्। अहिले गढीमाई नगरपालिका र पचरौता नगरपालिकाको मतगणना जारी छ।

गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट जसपाका उम्मेदवार राम सहाय प्रसाद यादव निर्वाचित भएका थिए। उनी उपराष्ट्रपति बनेपछि रिक्त भएको सांसद पदपूर्तिका लागि वैशाख १० गते उपनिर्वाचन भएको थियो।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...