News Portal

  • लुम्बिनीका मुख्यमन्त्री गिरी पदमुक्त

    हिमालीसंचार संवाददाता
    १५७ पटक

    काठमाडाैँ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी पदमुक्त हुनुभएको छ। सोमबार प्रदेशसभा बैठकबाट विश्वासको मत पाउन नसकेपछि गिरी मुख्यमन्त्रीबाट पदमुक्त हुनुभएको हो।

    मतदानमा ५३ जना प्रदेश सांसदले अविश्वासको पक्षमा र एमालेका २९ र राप्रपाका ४ गरी ३३ जनाले विश्वासको पक्षमा मत दिएपछि मुख्यमन्त्री गिरी नेतृत्वको सरकार अल्पमतमा परेको हो।

    माओवादी केन्द्र, नेपाली काँग्रेस, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, एकीकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदले विपक्षमा मतदान गरेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

    गिरी गत पुस २७ गते नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र दुई स्वतन्त्र गरी ५८ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो।

    तर, फेरिएको सत्ता समीकरणपछि राप्रपा बाहेकका दलले गत चैत १२ गते समर्थन फिर्ता लिएपछि गिरी नेतृत्वको सरकार अल्पमतमा परेको थियो।

    यसअघि नै मुख्यमन्त्री गिरीलाई दिएको समर्थन फिर्ता लिँदै नेपाली काँग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै ८ दलका ५३ सांसदले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका छन्। एमालेले भने विश्वासको मत नपाएपनि ठुलो दलका रूपमा सरकारको नेतृत्व दाबी गरेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    कांग्रेस बैठकमा गृहमन्त्री लेखक : एमालेसँग मिलेर सरकार चलाउन अप्ठ्यारो छैन

    काठमाडौं, असार १७ – गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहकार्यलाई सहज भन्दै आगामी निर्वाचनसम्म...

    कुलिङ पिरियड प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने गगन थापाको माग

    काठमाडौं, असार १७ – निजामती सेवा सम्बन्धी विधेयकमा देखिएको विवादका कारण प्रतिनिधिसभाको गरिमा र सांसदहरूको...

    एनसीसी लगायतका विषयमा एनआरएनएले औपचारिक धारणा सार्वजनिक गर्दै

    काठमाडौं, असार १७ – गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) ले पछिल्लो...

    कुलिङ पिरियड प्रावधानमा अनधिकृत हेरफेर : सांसद शाहीको कडा आपत्ति, दोषीलाई कारबाहीको माग

    काठमाडौं, असार १७ – निजामति सेवा विधेयकमा राखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था अनधिकृत रूपमा फेरबदल...

    तीन बालिका तस्करीको प्रयासमा चार जना पक्राउ

    बुटवल, असार १७ – भारतसँग सिमाना जोडिएको रूपन्देही जिल्लाबाट तीन नाबालिकालाई तस्करी गरी भारत लैजान...