News Portal

लुम्बिनीका मुख्यमन्त्री गिरी पदमुक्त

हिमालीसंचार संवाददाता
२६९ पटक

काठमाडाैँ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी पदमुक्त हुनुभएको छ। सोमबार प्रदेशसभा बैठकबाट विश्वासको मत पाउन नसकेपछि गिरी मुख्यमन्त्रीबाट पदमुक्त हुनुभएको हो।

मतदानमा ५३ जना प्रदेश सांसदले अविश्वासको पक्षमा र एमालेका २९ र राप्रपाका ४ गरी ३३ जनाले विश्वासको पक्षमा मत दिएपछि मुख्यमन्त्री गिरी नेतृत्वको सरकार अल्पमतमा परेको हो।

माओवादी केन्द्र, नेपाली काँग्रेस, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, एकीकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदले विपक्षमा मतदान गरेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

गिरी गत पुस २७ गते नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र दुई स्वतन्त्र गरी ५८ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो।

तर, फेरिएको सत्ता समीकरणपछि राप्रपा बाहेकका दलले गत चैत १२ गते समर्थन फिर्ता लिएपछि गिरी नेतृत्वको सरकार अल्पमतमा परेको थियो।

यसअघि नै मुख्यमन्त्री गिरीलाई दिएको समर्थन फिर्ता लिँदै नेपाली काँग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै ८ दलका ५३ सांसदले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका छन्। एमालेले भने विश्वासको मत नपाएपनि ठुलो दलका रूपमा सरकारको नेतृत्व दाबी गरेको छ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...