आज : २०२६-१०-११, आइतबार

कर्णालीमा कांग्रेसले लगायो मन्त्रीहरुको टुंगो

सुर्खेत। कर्णाली प्रदेश सरकार पूर्णता पाएको छ। मंगलबार नेपाली कांग्रेस सहभागी हुनका लागि मन्त्रीको नाम टुंगो लगाएको छ।

जाजरकोट प्रदेशसभा (ख) निर्वाचित बेदराज सिंह, सुर्खेत १ (क) बाट निर्वाचित सांसद खड्कबहादुर पोखरेल र दैलेख–१ (क) बाट निर्वाचित सांसद कृष्ण बिसी मन्त्रीका लागि सिफारिस भएका छन्।

आर्थिक मामिला तथा योजना मन्त्रालयमा बेदराज सिंह, सामाजिक विकास मन्त्रीमा पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा बिसी सिफारिस भएका छन्। नयाँ मन्त्रीहरुकाे सपथ भाेलि बुधबार हुनेछ।