News Portal

  • प्रचण्डले जङ्गलदेखि सरकारमा तहल्का मच्चाए – अध्यक्ष तिमिल्सिना

    हिमालीसंचार संवाददाता
    १९५ पटक

    काठमाडौँ। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जङ्गलदेखि सरकारमा तहल्का मच्चाएको बताएका छन्।

    मङ्गलवारबाट काठमाडौँमा सुरु भएको नेसनल चेस च्याम्पियनसिपको उद्घाटन कार्यक्रममा अध्यक्ष तिमलसिनाले यस्तो बताएका हुन्।

    बुद्धिचालका कारण मानिसहरूको दिमाग तेजिलो हुने बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल पनि चेस धेरै खेल्ने खेलाडी भएकाले नै जङ्गलदेखि संसद् र सरकारसम्म पुग्नुको कारण हुनसक्ने बताए।

    अध्यक्ष तिमिल्सिनाले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले धेरै चेस खेलेका कारण धेरैपटक प्रधानमन्त्री बनेको हुनसक्ने बताए।

    तिमिल्सिनाले एमालेका अध्यक्ष केपी शर्मा ओली जेलमा रहँदादेखि नै खेलहरूमा उत्कृष्ट रहेको भन्दै चेस खेलकै कारण अहिलेको राजनीतिक खेलाडी बनेको ठट्टा गरे।

    चेस खेलले मानिसको क्षमता विकास गर्ने भन्दै उनले ओली राजनीतिक खेलाडी बन्नुमा एउटा कारण चेस पनि रहेको बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    कांग्रेस बैठकमा गृहमन्त्री लेखक : एमालेसँग मिलेर सरकार चलाउन अप्ठ्यारो छैन

    काठमाडौं, असार १७ – गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहकार्यलाई सहज भन्दै आगामी निर्वाचनसम्म...

    कुलिङ पिरियड प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने गगन थापाको माग

    काठमाडौं, असार १७ – निजामती सेवा सम्बन्धी विधेयकमा देखिएको विवादका कारण प्रतिनिधिसभाको गरिमा र सांसदहरूको...

    एनसीसी लगायतका विषयमा एनआरएनएले औपचारिक धारणा सार्वजनिक गर्दै

    काठमाडौं, असार १७ – गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) ले पछिल्लो...

    कुलिङ पिरियड प्रावधानमा अनधिकृत हेरफेर : सांसद शाहीको कडा आपत्ति, दोषीलाई कारबाहीको माग

    काठमाडौं, असार १७ – निजामति सेवा विधेयकमा राखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था अनधिकृत रूपमा फेरबदल...

    तीन बालिका तस्करीको प्रयासमा चार जना पक्राउ

    बुटवल, असार १७ – भारतसँग सिमाना जोडिएको रूपन्देही जिल्लाबाट तीन नाबालिकालाई तस्करी गरी भारत लैजान...