News Portal

चित्रबहादुर केसीले दिए रवि लामिछानेलाई विदेशबाट सञ्चालित मान्छेको संज्ञा

हिमालीसंचार संवाददाता
२१५ पटक

काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा कार्यपालिका, व्यवस्थापिका र न्यापालिका ‘सेटिङ’बाट चलिरहेको आरोप लगाएका छन्।

शनिबार काठमाडौंमा जनमोर्चाद्वारा आयोजित ‘नेपालमा अमेरिकी साम्राज्यवादको हस्तक्षेप र राष्ट्रियता रक्षाको प्रश्न’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले नागरिकता नभएको व्यक्तिलाई निर्वाचन लड्न लगाउने र उपप्रधानमन्त्री बनाउने काम भएकाले कार्यपालिका, व्यवस्थापिका र न्यापालिका सेटिङबाट चलिरहेको पुष्टि भएको आरोप लगाए।

अहिले मुलुकको राष्ट्रियतामाथि नै विषम परिस्थिति आउँदा राष्ट्रिय जनमोर्चा मात्र लडिरहेको उनको जिकिर थियो।

नेता केसीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई विदेशबाट सञ्चालित मान्छेको संज्ञा दिँदै चितवनमा त्यस्ता मान्छेलाई भगवान् मान्नु दुर्भाग्य भएको टिप्पणी गरे।

लोकतन्त्र, गणतन्त्र ल्याउनेहरूले नै मौका पाएपछि सत्ताको दुरुपयोग गरेको उनको भनाइ छ।

पुराना दलका नेताहरूले राष्ट्रियतामाथि नै सौदाबाजी गरेका कारण जनता विकल्प खोज्न बाध्य भएको उनले उल्लेख गरे। संघीयताको विरोध गरेकै कारण जनमोर्चालाई आँखाको कसिंगर बनाइएको उनले बताए।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...