News Portal

चित्रबहादुर केसीले दिए रवि लामिछानेलाई विदेशबाट सञ्चालित मान्छेको संज्ञा

हिमालीसंचार संवाददाता
२७३ पटक

काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा कार्यपालिका, व्यवस्थापिका र न्यापालिका ‘सेटिङ’बाट चलिरहेको आरोप लगाएका छन्।

शनिबार काठमाडौंमा जनमोर्चाद्वारा आयोजित ‘नेपालमा अमेरिकी साम्राज्यवादको हस्तक्षेप र राष्ट्रियता रक्षाको प्रश्न’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले नागरिकता नभएको व्यक्तिलाई निर्वाचन लड्न लगाउने र उपप्रधानमन्त्री बनाउने काम भएकाले कार्यपालिका, व्यवस्थापिका र न्यापालिका सेटिङबाट चलिरहेको पुष्टि भएको आरोप लगाए।

अहिले मुलुकको राष्ट्रियतामाथि नै विषम परिस्थिति आउँदा राष्ट्रिय जनमोर्चा मात्र लडिरहेको उनको जिकिर थियो।

नेता केसीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई विदेशबाट सञ्चालित मान्छेको संज्ञा दिँदै चितवनमा त्यस्ता मान्छेलाई भगवान् मान्नु दुर्भाग्य भएको टिप्पणी गरे।

लोकतन्त्र, गणतन्त्र ल्याउनेहरूले नै मौका पाएपछि सत्ताको दुरुपयोग गरेको उनको भनाइ छ।

पुराना दलका नेताहरूले राष्ट्रियतामाथि नै सौदाबाजी गरेका कारण जनता विकल्प खोज्न बाध्य भएको उनले उल्लेख गरे। संघीयताको विरोध गरेकै कारण जनमोर्चालाई आँखाको कसिंगर बनाइएको उनले बताए।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...