News Portal

प्रचण्ड, देउवा र नेपालबीच भेट, मन्त्रिपरिषद् विस्तारबारे छलफल

हिमालीसंचार संवाददाता
२२० पटक

काठमाडौं। सत्तारुढ दलका तीन शीर्ष नेताबीच बालुवाटारमा छलफल भएको छ। शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुबीच छलफल भएको हो।

बालुवाटार स्रोतका अनुसार उनीहरुबीच मन्त्रिपरिषद् विस्तार, उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको हो। भेटमा प्रचण्डले पार्टीकोतर्फ चाडै मन्त्रिको नाम दिन आग्रह गरे।

प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग मन्त्रीको नाम मागेपनि हालसम्म पार्टीभित्र अन्तरद्वन्द्वले टुंगो लगाउन सकेका छैनन्। देउवासँग शेखर-गगन समूह असन्तुष्ट बन्दा मन्त्रीको नाम टुंगो लाग्न सकेको छैन।

गत पुष १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले दोस्रो पटक विश्वासको मत लिँदापनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्। सरकारले पूर्णता नपाउँदा प्रधानमन्त्री प्रचण्डको आलोचना हुँदै आएको छ।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...