News Portal

विश्वासको मत नलिई राजीनामा दिँदै गण्डकीका मुख्यमन्त्री अधिकारी

हिमालीसंचार संवाददाता
२८९ पटक

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने गरी वैशाख ९ गते ३ बजेलाई संसद बैठक बोलाइएको छ तर, उनले विश्वासको मत नलिई राजीनामा दिने योजनामा रहेको बुझिएको छ।

मुख्यमन्त्री अधिकारीले आफूले गरेका काम र आफ्ना धारणा राखेर रोष्ट्रमबाटै राजीनामा घोषणा गर्ने सम्भावना छ। गत चैत १० गते माओवादी केन्द्रले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीले वैशाख ९ गतेसम्म विश्वासको मत लिनुपर्ने अवस्था छ।

विश्वासको मत नपाउने भएपछि प्रक्रिया नलम्ब्याउन सचिवालयले सुझाव दिएको छ। ‘नपाउने विश्वासको मत किन लिने भनेर हामीले भनेका छौँ। उहाँले यही गर्छु भन्नुभएको छैन,’ सचिवालय स्रोतले भन्यो।

एमाले संसदीय दलका नेतासमेत रहेका अधिकारीले विश्वासको मत लिने वा राजीनामा दिने भन्नेबारे एमाले संसदीय दलको बैठकमा छलफल गर्दै छन्। वैशाख ३ गते साँझ बस्ने गरी दलको बैठक बोलाइएको एमाले सांसद कृष्णप्रसाद पाठकले जानकारी दिए।

प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, माओवादीका सभामुखबाहेक ७, राप्रपाका दुई र एक जना स्वतन्त्र निर्वाचित सांसद छन्। ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीले बहुमत अर्थात् ३१ सांसद आफ्नो पक्षमा पार्न सक्ने अवस्था छैन।

खगराज गत मंसिरको चुनावपछि पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए। उनलाई त्यतिबेला एमाले, माओवादी, राप्रपा र एक जना स्वतन्त्र सांसदले समर्थन गरेका थिए। पछि स्वतन्त्र सांसद राजीव गुरूङले विश्वासको मत नदिई प्रतिपक्षमा बसे।

केन्द्रमा राजनीतिक समीकरण फेरिँदा उपराष्ट्रपति निर्वाचनपछि माओवादीले प्रदेश सरकार छोडेको थियो। समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...