News Portal

  • वैकल्पिक राजनीति दल पनि उस्तै !

    हिमालीसंचार संवाददाता
    २१३ पटक

    काठमाडौं। गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन हुनु करिब ६ महिनाअघि मात्र खुलेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले छोटो अवधिमै प्रतिनिधिसभामा २० सिट हासिल गर्यो।

    निर्वाचन सकिएको पाँच महिनामै पार्टीको सांसद संख्या भने १८ मा झरेको छ। यसरी सिट घट्नुको मुख्य कारण पार्टी सभापति रवि लामिछानेले नेपालको कानुनको सामान्य प्रक्रियासमेत पूरा नगर्नु हो। उनले अमेरिकाबाट फर्कंदा नयाँ नागरिकता प्राप्तिका लागि गर्नुपर्ने सामान्य प्रक्रिया पूरा नगरेपछि सर्वोच्च अदालतले उनको नागरिकतालाई वैध गरेन, त्यससँगै उनकै सांसद पद गुम्यो।

    रास्वपाकै सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न अध्यक्षलाई २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै पैसाको डिल गरेको अडियो सार्वजनिक भएपछि पार्टीले उनलाई कारबाही गरेको छ। कारबाहीपछि उनको पद गुम्न पुग्यो भने रास्वपाको सिट संख्या हालका लागि १८ मा झरेको छ।

    वैकल्पिक राजनीतिका रूपमा उदाएको रास्वपा खुलेको पाँच महिनामा जसरी राष्ट्रिय दलसहित चौथो स्थानमा आयो त्यसैगरी पाँच महिनाकै दौरानमा एकपछि अर्को विवादले पार्टी मात्र होइन नयाँ शक्तिका रूपमा उदाएका दल र वैकल्पिक राजनीति गर्नेहरू नै बदनाम बनिरहेका छन्।

    रास्वपा सरकारका सहभागी हुँदा पनि लामिछाने विवादरहित बनेनन्। नागरिकताको विषयमा अनुसन्धान र कानुनी प्रक्रिया अघि बढिरहेकै बेला उनले अड्डी कसेरै गृह मन्त्रालयमा हात पारेका थिए। अवैध बालुवा खानी बन्द गरेर पुनः खुलाएपछि आर्थिक लेनदेनको विषय जोडिएको भन्दै सभापति लामिछानेको आलोचना हुने गरेको छ। पछिल्लोपटक खरिद ऐन र नियमावलीविपरीत राष्ट्रिय परिचयपत्रमा संकलित वैयक्तिक र जैविक विवरण रुजु गर्ने जिम्मा विदेशी कम्पनीलाई दिएको खुलेको छ।

    पुराना राजनीतिक दलको विकल्पसहित गठित नयाँ राजनीतिक दलमध्ये अर्को पार्टी हो, नयाँ शक्ति नेपाल। डा. बाबुराम भट्टराईले एनेकपा माओवादी केन्द्र विभाजन गरेर तामझामसहित खोलेको नयाँ शक्तिको अहिले नाम निशानामा समेत छैन। संयोजक भट्टराई जनता समाजवादी पार्टी हुँदै नेपाल समाजवादी पार्टीमा पुगेका छन्। उनी पुनः पार्टी ध्रुवीकरण र एकीकरणको पक्षमा देखिएका छन्। आजको राजधानीदैनिकमा टेनिस रोकाले समाचार लेखेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ‘पहिला देश’ अभियान अन्तर्गत माइतीघरमा प्रदर्शन र प्रहरी हस्तक्षेप

    काठमाडौं, कार्तिक १६ – डा. निकोलस भुसालले आह्वान गरेको प्रदर्शनमा सहभागी केही प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ...

    धादिङ: पशुपतिनाथ–शन्तानेश्वर मन्दिर ठोट्ने पानी निर्माणको सहयोगी दाताहरु

    गंङ्गा–जमुना, धादिङ– श्री पशुपतिनाथ तथा शन्तानेश्वर महादेव मन्दिर परिसरमा “ठोट्ने पानी” निर्माण कार्यका लागि विभिन्न...

    नेपाल खेलकुद महासंघ समाजवादीद्वारा वाम एकता निर्णयप्रति स्वागत

    काठमाडौं, — नेपाल खेलकुद महासंघ समाजवादीले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को तेस्रो पूर्ण बैठकले गरेको...

    स्थानीयको माग पूरा गर्ने आश्वासनपछि बञ्चरेडाँडामा फोहोर फाल्न अनुमति

    काठमाडौं, कार्तिक १६ – नुवाकोट र धादिङको सिमानामा पर्ने बञ्चरेडाँडा फोहोर व्यवस्थापन स्थलमा स्थानीय बासिन्दाले...

    नेकपा एसमा विभाजनको संकेत, झलनाथ–घनश्याम समूहभित्रै एमाले फर्किने र नयाँ पार्टी बनाउने मतभेद

    काठमाडौं, कार्तिक १६ — नेकपा (एकीकृत समाजवादी) पार्टीमा झलनाथ खनाल र घनश्याम भुसाल नजिकका नेताबीच...