News Portal

वैकल्पिक राजनीति दल पनि उस्तै !

हिमालीसंचार संवाददाता
२९० पटक

काठमाडौं। गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन हुनु करिब ६ महिनाअघि मात्र खुलेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले छोटो अवधिमै प्रतिनिधिसभामा २० सिट हासिल गर्यो।

निर्वाचन सकिएको पाँच महिनामै पार्टीको सांसद संख्या भने १८ मा झरेको छ। यसरी सिट घट्नुको मुख्य कारण पार्टी सभापति रवि लामिछानेले नेपालको कानुनको सामान्य प्रक्रियासमेत पूरा नगर्नु हो। उनले अमेरिकाबाट फर्कंदा नयाँ नागरिकता प्राप्तिका लागि गर्नुपर्ने सामान्य प्रक्रिया पूरा नगरेपछि सर्वोच्च अदालतले उनको नागरिकतालाई वैध गरेन, त्यससँगै उनकै सांसद पद गुम्यो।

रास्वपाकै सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न अध्यक्षलाई २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै पैसाको डिल गरेको अडियो सार्वजनिक भएपछि पार्टीले उनलाई कारबाही गरेको छ। कारबाहीपछि उनको पद गुम्न पुग्यो भने रास्वपाको सिट संख्या हालका लागि १८ मा झरेको छ।

वैकल्पिक राजनीतिका रूपमा उदाएको रास्वपा खुलेको पाँच महिनामा जसरी राष्ट्रिय दलसहित चौथो स्थानमा आयो त्यसैगरी पाँच महिनाकै दौरानमा एकपछि अर्को विवादले पार्टी मात्र होइन नयाँ शक्तिका रूपमा उदाएका दल र वैकल्पिक राजनीति गर्नेहरू नै बदनाम बनिरहेका छन्।

रास्वपा सरकारका सहभागी हुँदा पनि लामिछाने विवादरहित बनेनन्। नागरिकताको विषयमा अनुसन्धान र कानुनी प्रक्रिया अघि बढिरहेकै बेला उनले अड्डी कसेरै गृह मन्त्रालयमा हात पारेका थिए। अवैध बालुवा खानी बन्द गरेर पुनः खुलाएपछि आर्थिक लेनदेनको विषय जोडिएको भन्दै सभापति लामिछानेको आलोचना हुने गरेको छ। पछिल्लोपटक खरिद ऐन र नियमावलीविपरीत राष्ट्रिय परिचयपत्रमा संकलित वैयक्तिक र जैविक विवरण रुजु गर्ने जिम्मा विदेशी कम्पनीलाई दिएको खुलेको छ।

पुराना राजनीतिक दलको विकल्पसहित गठित नयाँ राजनीतिक दलमध्ये अर्को पार्टी हो, नयाँ शक्ति नेपाल। डा. बाबुराम भट्टराईले एनेकपा माओवादी केन्द्र विभाजन गरेर तामझामसहित खोलेको नयाँ शक्तिको अहिले नाम निशानामा समेत छैन। संयोजक भट्टराई जनता समाजवादी पार्टी हुँदै नेपाल समाजवादी पार्टीमा पुगेका छन्। उनी पुनः पार्टी ध्रुवीकरण र एकीकरणको पक्षमा देखिएका छन्। आजको राजधानीदैनिकमा टेनिस रोकाले समाचार लेखेका छन्।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...