News Portal

ओलीसँगको गठबन्धन अप्राकृतिक, अहिलेको गठबन्धन प्राकृतिक : उपप्रधानमन्त्री खड्का

हिमालीसंचार संवाददाता
३५७ पटक

सुर्खेत। उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले एमालेसँगको अप्राकृतिक गठबन्धन भत्काएर प्राकृतिक गठबन्धन बनाउन सफल भएको बताएका छन्।

प्रधानमन्त्री प्रचण्डले पहिलो पटक विश्वासको मत लिँदै गर्दा एमाले अध्यक्ष केपी ओलीले संसद्मा जसरी संसद् विघटनबारे बोलेका थिए, त्यसले प्राकृतिक गठबन्धनमा फर्कन वातावरण बनाएको उनको भनाइ थियो।

शनिबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले अब शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनेगरि सरकार अघि बढ्ने बताए।

‘द्वन्द्वबाट पीडितको मुक्तिका लागि पनि यही प्राकृतिक गठबन्धन उपयुक्त हो,’ उनले थपे,‘ हामी त्यही उद्देश्यसहित अघि बढ्ने छौ।’ सरकारसँग अवसर र चुनौती दुवै रहेको बताउँदै खड्काले अबको केही दिनमै सरकारले पूर्णता पाउने बताए।

साथै उनले अब कर्णालीको विकासका लागि केन्द्रमाबाट पर्याप्त बजेट पाउने समेत उल्लेख गरे। मुलुकको अर्थतन्त्र कमजोर बनिरहेको र कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था आएको खड्काको भनाइ छ।

उनले जनताको शिर झुक्नेगरि आफूले काम नगर्ने बताए। प्रदेश सरकारबारे खड्काले सातै प्रदेशमा वर्तमान गठबन्धनकै सरकार बन्ने बताए। यद्यपि कर्णाली प्रदेश सरकारबारे भने उनले ढिलो चाँडो कांग्रेस सरकारमा जाने बताए।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...