
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ।
आगामी वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेविरुद्ध युवराज पौडेल (सफल)ले चितवन क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन।
नेपालको संविधान २०७२ को धारा २९१ ले विदेशको आवासीय अनुमतिपत्र त्याग गरेको व्यक्तिले कम्तीमा ३ महिना अवधि व्यतीत नभई निर्वाचनमा उम्मेदवार हुन रोक लगाएको उजुरीमा उल्लेख छन्। तर, रवि लामिछानेले माघ १५ गतेमात्रै जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता पुनर्प्राप्ति गरेको र सो अघि उनले निस्सा बुझाएको नदेखिएकाले देखिएकाले उम्मेदवार बन्न अयोग्य रहेको जिकिर गरिएको छ।
उजुरीमा लामिछानेको उम्मेदवारी बदर गरी उम्मेदवार बन्न अयोग्य रहेको घोषणा गर्न माग गरिएको छ।
लामिछानेले सोमबार चितवन-२ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका थिए। आज उम्मेदवारीविरुद्ध दाबी विरोध गर्न सकिने निर्वाचन आयोगको कार्यतालिका छ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
