News Portal

  • बारा २ उपनिर्वाचन: एमालेबाट पूर्वमन्त्री पौडेलसहित ३ जनाको नाम सिफारिस

    हिमालीसंचार संवाददाता
    ९७ पटक

    दिवाकर भण्डारी,सिमरा। बारा क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि नेकपा एमालेले पूर्वमन्त्री पुरुषोत्तम पौडेलसहित ३ जनाको नाम सिफारिस गर्ने भएको छ। जिल्ला कमिटीले पोलिटव्युरो सदस्य एवम् मधेस प्रदेश सहइन्चार्ज समेत रहेका पौडेलसहित राजेश साह र बन्दना सिंहको नाम सिफारिस गर्ने निर्णय गरेको हो।

    साह एमाले प्रदेश कमिटी सदस्य र सिंह अनेमसंघ बाराकी अध्यक्ष हुन्। बारा २ मा उपनिर्वाचन हुने भएपछि एमालेवृत्तमा पौडेललाई उम्मेदवार बनाउनुपर्ने चर्चा चलिरहेको थियो। २०७० सालमा बारा क्षेत्र नं. ६ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका पौडेल त्यसयता चुनाव लडेका छैनन्। उनी सुशील कोइराला नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्रीसमेत रहेका थिए।

    पछिल्लो दुई निर्वाचनमा बारा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि आकांक्षी रहेका पौडेलले टिकट पाएनन्। उनी आकांक्षी रहेको क्षेत्रमा अच्युत मैनाली उम्मेदवार बने। २०७४ सालमा पराजय व्यहोरेका मैनाली यसपटक नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्।

    सप्तरी २ बाट पराजित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बारा २ बाट चुनाव लड्ने निश्चित भएसँगै एमालेले हेभिवेट उम्मेदवारका रुपमा पौडेललाई अघि सार्न थालेको हो। उपराष्ट्रपति रामसहाय यादवले एमालेसंगको तालमेलमा सो क्षेत्रबाट चुनाव जितेका थिए। उनी उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

    यसैगरी लोसपाबाट राजेन्द्र महतोको नाम चर्चामा छ। लोसपाले महतोलाई बारा २ बाट उम्मेदवार बनाउने आन्तरिक तयारी गरिरहेको छ। महतो सर्लाही २ बाट पराजित भएका थिए।

    यसैगरी जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा उम्मेदवार बन्ने निश्चित छ। नेकपा माओवादी केन्द्रका कुशवाहा हालका उपराष्ट्रपति यादवसंग पराजित भएका थिए। उपनिर्वाचनमा माओवादी केन्द्र र कांग्रेसले जसपा अध्यक्ष यादवलाई सघाउने संकेत पाएपछि कुशवाहा जनमत पार्टी प्रवेश गरेर उम्मेदवार बन्न लागेका हुन्।

    रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल उम्मेदवार बन्ने तयारीमा छन्। काठमाडौं १ बाट पराजित खरेललाई स्वतन्त्र पार्टीले उम्मेदवार बनाउन लागेको हो। खरेल काठमाडौं १ मा नेपाल सुशासन पार्टीबाट उम्मेदवार थिए।

    उपनिर्वाचनमार्फत प्रतिनिधिसभामा प्रवेश गर्न हेभिवेट उम्मेदवारहरु बारा २ केन्द्रित भएपछि चुनाव प्रतिस्पर्धात्मक हुने देखिएको छ। बारा २ मा स्वतन्त्र उम्मेदवारसमेत देखिनेछन्।

    प्रतिकृया दिनुहोस्

    मोरङको रंगेली प्रहरी निरीक्षक चौलागाई सरुवा भए

    जेष्ठ-२, बुधबार/मोरङ – इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक बुद्धिराम चौलागाईंलाई विदाई गर्नेहरूको घुइँचो लागेको...

    दोस्रो अल्फा विटा ओपन बास्केटवल: बुधबार पुरुषतर्फ युवा जागृति, यलम्वर, झापा सेमिफाइनल प्रवेश (फोटो फिचर)

    बैशाख-२, बुधबार/धरान – दोस्रो अल्फा विटा ओपन महिला-पुरुष बास्केटवल प्रतियोगितामा युवा जागृति, यलम्वर र झापा...

    मोरङको रतुवामाई स्थित लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली प्रहार

    जेष्ठ-२, बुधबार/मोरङ – रतुवामाई नगरपालिका-६ स्थित लागुऔषध ओसार पसारमा संलग्न रहेका एक जना भारतीय नागरिकलाई...

    मोरङको रंगेली अस्पताल अगाडी जेब्राक्रसिङ बन्यो

    जेष्ठ-२, बुधबार/मोरङ – मोरङको रङ्गेली कानेपोखरी सडक खण्ड अन्तर्गत रङ्गेली अस्पताल अगाडि जेव्राक्रसिङ बनाईएको छ। ...

    दोस्रो अल्फा विटा ओपन बास्केटवलमा इमोर्टल सेमिफाइनल प्रवेश

    जेठ-१, मंगलबार/धरान – दोस्रो अल्फा विटा ओपन महिला-पुरुष बास्केटवल प्रतियोगिताको पुरुषतर्फ इमोर्टल क्लब सेमिफाइनल प्रवेश...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal