News Portal

तनहुँमा उपनिर्वाचन लड्न पूर्वराष्ट्रपतिमार्फत जोडबल गर्दै सर्वेन्द्र खनाल

हिमालीसंचार संवाददाता
२४४ पटक

पोखरा। तनहुँ–१ मा १० वैशाखमा हुने उपनिर्वाचन लड्न पूर्वआईजीपी सर्वेन्द्र खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमार्फत लबिङ गरेका छन् ।

उनले भण्डारी र उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, उपमहासचिव विष्णु रिमाललाई भेटेर टिकटका लागि जोडबल गरेको एमाले स्रोतले बतायो । ‘उहाँले सबैसँग भेटिरहनुभएको छ । पूर्वराष्ट्रपतिज्यू र पीएस कमरेड दुवैसँग भेटेर टिकटका लागि बढी जोड गर्नुभएको छ,’ स्रोतले भन्यो ।

तनहुँ–१ मा स्थायी कमिटी सदस्य किरण गुरूङले नलड्ने घोषणा गरेपछि खनालको सम्भावना बढेको छ । मंसिरको निर्वाचनमा काठमाडौं–६ मा हारेका खनाल यसपटक गृहजिल्ला फर्किन चाहेका छन् । उनी एक चरण तनहुँका नेतासँग भेटघाट गरेर र कार्यक्रममा सहभागी भएर फर्किसकेका छन् ।

पूर्वआईजीपी खनालनिकट स्रोतले तनहुँमा खनाल चुनाव लड्न इच्छुक रहेको बतायो । ‘उहाँको सम्भावना छ । भेटघाटमै हुनुहुन्छ,’ स्रोतले भन्यो ।

खनाल बुधबार एमाले पार्टी कार्यालय पुगेर उपमहासचिव रिमालसहित उपलब्ध नेतासँग भेटेका थिए ।

एमाले तनहुँले शुक्रबार दुई पुरूष र एक महिला आकांक्षीको नाम प्रदेश कमिटीमा सिफारिस गर्दै छ । शनिबार तीन वटा निर्वाचन क्षेत्रका उम्मेदवार टुंग्याउने एमालेको तयारी छ ।

प्रतिकृया दिनुहोस्

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...