News Portal

डा.बेदुराम भुसालको नेतृत्वमा नेकपा एस सरकारमा जाने, गृहमा नारायणकाजी श्रेष्ठ

हिमालीसंचार संवाददाता
२८८ पटक

काठमाडौँ। सत्ता गठबन्धन दलमध्येको एक नेकपा एकीकृत समाजवादी गृह मन्त्रालय बिना नै सरकारमा सामेल हुने भएको छ।

नेकपा एसले पार्टीका उपाध्यक्ष डा.बेदुराम भुसालको नेतृत्वमा तीन सदस्सिय टोलीलाई सरकारमा सहभागी गराउने निर्णय गरेको छ। डा.भुसालसहित अर्का सदस्य प्रकाश ज्वाला सरकारमा जाने पक्कापक्की भइसकेको छ भने तेस्रो को हुने भन्नेबारे निर्णय भइनसकेको स्रोतले बतायो।

नेकपा एस सत्ता गठबन्धनमध्येको पाँचौ ठूलो दल हो। यसले सुरु देखिनै गृह मन्त्रालयसहित उपप्रधानमन्त्रीको दाबी गर्दै आएको छ। अहिले तीन वटा मन्त्रीसहित सरकारमा जाने तयारीमा छ। मन्त्रालयको टुङगो नलागेको स्रोतले बतायो।

‘नेकपा एसले गृह मन्त्रालय नपाउने पक्का भइसक्यो, गृहमा माओवादीकै मन्त्री नारायणकाजी जादैछन्’, स्रोतले भन्यो।

डा.भुसाल राष्ट्रिय सभा सदस्य हुन। उनी नेकपा एसका संस्थापक महासचिव थिए। तर नेकपा एमाले छोडेर घनश्याम भुषाल नेकपा एस प्रवेश गरेपछि डा.भुसालले महासचिव पद उनलाई सुन्पिएका हुन। अहिले डा.भुसाल नेकपा एसका उपाध्यक्ष छन्।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...