News Portal

डा.बेदुराम भुसालको नेतृत्वमा नेकपा एस सरकारमा जाने, गृहमा नारायणकाजी श्रेष्ठ

हिमालीसंचार संवाददाता
३०२ पटक

काठमाडौँ। सत्ता गठबन्धन दलमध्येको एक नेकपा एकीकृत समाजवादी गृह मन्त्रालय बिना नै सरकारमा सामेल हुने भएको छ।

नेकपा एसले पार्टीका उपाध्यक्ष डा.बेदुराम भुसालको नेतृत्वमा तीन सदस्सिय टोलीलाई सरकारमा सहभागी गराउने निर्णय गरेको छ। डा.भुसालसहित अर्का सदस्य प्रकाश ज्वाला सरकारमा जाने पक्कापक्की भइसकेको छ भने तेस्रो को हुने भन्नेबारे निर्णय भइनसकेको स्रोतले बतायो।

नेकपा एस सत्ता गठबन्धनमध्येको पाँचौ ठूलो दल हो। यसले सुरु देखिनै गृह मन्त्रालयसहित उपप्रधानमन्त्रीको दाबी गर्दै आएको छ। अहिले तीन वटा मन्त्रीसहित सरकारमा जाने तयारीमा छ। मन्त्रालयको टुङगो नलागेको स्रोतले बतायो।

‘नेकपा एसले गृह मन्त्रालय नपाउने पक्का भइसक्यो, गृहमा माओवादीकै मन्त्री नारायणकाजी जादैछन्’, स्रोतले भन्यो।

डा.भुसाल राष्ट्रिय सभा सदस्य हुन। उनी नेकपा एसका संस्थापक महासचिव थिए। तर नेकपा एमाले छोडेर घनश्याम भुषाल नेकपा एस प्रवेश गरेपछि डा.भुसालले महासचिव पद उनलाई सुन्पिएका हुन। अहिले डा.भुसाल नेकपा एसका उपाध्यक्ष छन्।

प्रतिकृया दिनुहोस्

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...