News Portal

कोशी नामकरणविरुद्ध पहिचान आन्दोलनमा घाइते भएका पदम लिम्बूको मृत्यु (भिडियो सहित)

हिमालीसंचार संवाददाता
४०३ पटक

धरान – प्रदेश सरकारले कोशी प्रदेश नामकरण गरेपछि कोशी प्रदेश खारेजीको माग गर्दै गत चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सुरक्षाकर्मीको लाठी प्रहारबाट गम्भीर घाइते भएका पदम लिम्बु (लाजेहाङ)को आज शुक्रबार बिहान वीपी प्रतिष्ठान धरानमा मृत्यु भएको छ ।

सुनसरीको धरान-१५ बाझगरा बस्दै आएका ४२ वर्षीय लाजेहाङ कुमार लिङ्देन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सह–कमान्डर लाजेहाङको पहिचानी आन्दोलनमा सहद्त गरेको सुनसरी जिल्ला अध्यक्ष अमर इजम लिम्बुले जानकारी दिए। विराटनगरमा सुरक्षाकर्मीको लाठी प्रहारबाट लाजेहाङ टाउकोमा गम्भीर चोट लागे पनि उनी घरैमा उपचाररत थिए। तर, गत बुधबार राती रिंगटा चलेर बान्ता गरेपछि अचेत भएका लिम्बुको वीपी प्रतिष्ठान धरानमा इमर्जेन्सी कक्ष उपचार हुँदै आएको थियो। 

थप उपचारका लागि हेलिकोप्टर चार्टर गरी काठमाडौं लैजाने तयारी गरिरहेको अवस्थामा लाजेहाङको मृत्यु भएको हो । उनको शुक्रबार बिहान साढे २ बजे धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसियु कक्षमा उपचार गर्दा गर्दै मृत्यु भएको प्रदेश नं १ पुनः नामाकंन संयुक्त सङ्गर्ष समितिले जनाएको छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सुनसरी जिल्ला अध्यक्ष अमर इजमले लाजेहाङ लिम्बुको हत्याको अनुसन्धान गर्न छानबिन आयोग गठन गर्न पनि माग गरिएको बताए । उनले भने, ‘पहिचानबादीको आन्दोलन शान्तिपूर्ण थियो । पहिचान विरोधी सत्ता, राजनितिक दलको इशारामा भड्काइयो । पूर्वमा अब के हुन्छ यसै भन्न सक्ने अवस्था नरहेको समेत बताए। संघर्ष समितिले लाजेहाङलाई सहिद घोषण गर्न माग गरेको छ ।  आज ३ बजे किरायाको भवनमा बैठक बसेर आवश्यक निर्णय लिने समेत जानकारी दिए। 

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...