News Portal

सुनसरी जिल्लाको कोशी गाँउपालिकामा जनताको मन जित्न एमालेको अभियान

हिमालीसंचार संवाददाता
२९५ पटक

सुनसरी – सुनसरीको कोशी गाँउपालिकामा आउँदो चारवर्षमा नेकपा (एमाले) ले स्थानीय सरकार बनाउने उदेश्यका साथ पार्टी सुदृढीकरण अभियान सञ्चालन गरेको छ ।

बिहिबार लौकहीमा आयोजित वृहद् भेला आयोजना गर्दै पालिकामा रहेका आठवटै वडाहरुमा जनताको घरदैलो र जनसरोकारका विषयहरुमा पार्टी नेता तथा कार्यकर्ताहरु परिचालन हुनेगरी योजना निर्माण गरेको छ । 

जेष्ठ नागरिक भत्ताको सहजता र उपलब्धतामा सहजीकरण, विद्यालयमा बालबालिकालाई दिइदै आएको भत्ताको प्रयोगका विषयमा अनुगमन, एकल महिलाहरुलाई दिइने भत्ता पाएनपाएको निगरानी र सहजीकरण, अपा¨ता, दलित महिला भत्ता, बालबालिका र ७० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई दिइएने नि:शुल्क स्वास्थ्य उपचार लगायतका विषयमा नेकपा एमालेले अनुगमन र जनताकाबीचमा पुगेर सहजीकरण गर्ने योजना बनाएको छ । 

नेकपा (एमाले) ले देशव्यापी सञ्चालन गरेको मिसन ग्रासरुट अभियान अन्तर्गत एमालेका सम्पूर्ण नेताहरु पालिकाका जनताको घरदैलोमा परिचालन हुने नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्य तथा कोशी गाँउपालिकामा खटिएका अभियन्ता भीमज्वाला राईले हिमालीसंचारडटकमलाई जानकारी गराए । 

राईका अजनुसार पालिकामा रहेका ८ सय १६ पार्टी सदस्यहरुलाई अध्यावधी गर्ने र चैत भित्र १ सय ५० नयाँ सदस्य वितरण गर्ने योजना बनाउदै सबै वडाहरुको बैठक चैत १५ भित्र सम्पन्न गर्ने, मजदुर, किसान, महिला, युवा, मुक्ति समाज लगायतका जनसंगठनहरु निर्माण गर्दै पुराना वामपन्थी अग्रजहरुको विवरण तयार गरी जेष्ट कम्युनिष्ट मञ्च गठन गर्ने र पार्टीमा योगदान गर्ने पुराना अगुवाहरुलाई पार्टी स्थापना दिवसको अवसरमा बैशाख ९ गते सम्मान गरिने बताए । 

भेलाले रामखलन साहको अध्यक्षतामा १९ सदस्यीय नेकपा (एमाले) कोशी गाँउपालिका कमिटी सचिवालय गठन गरेको छ । भेलामा नेकपा (एमाले) कोशी प्रदेश सदस्यहरु बद्रीप्रसाद घिमिरे, भीमज्वाला राई, अजय कुसियैत, नारायण परियार, रामप्रसाद मेहता, बिमल कार्की अभियन्ताका रुपमा सहभागी थिए । 

त्यस्तै, नेकपा (एमाले) सुनसरी जिल्ला कमिटी सचिव पर्शुराम यादव, जिल्ला सदस्य तारानन्द मटियैत लगायतको सहभागिता थियो । पालिका अध्यक्ष रामखलन साहको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन सचिव सुरेन्द्र पाठकले गरेका थिए। भेलाले रामप्रसाद गोदियारको अध्यक्षतामा १७ सदस्यीय अखिल नेपाल किसान महासंघ कोशी गाँयपालिका कमिटी समेत गठन गरेको छ ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...