News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • कोशी प्रदेश खारेजको माग सहित विरोध प्रदर्शन, पुर्वाञ्चलमा मसाल जुलुस (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    १५७ पटक

    धरान – प्रदेश नं. १ लाई प्रदेश सरकारले कोशी प्रदेश नामकरण गरेपछि पुर्वाञ्चलका पहिचानवादी समुदायले जनभावना विपरित प्रदेशको नामकरण गरेको भन्दै हिजो साँझ मसाल जुलुस निकाल्दै आन्दोलनको शुरुवात गरेका छन्।

    पुर्वाञ्चलको विर्तामोड, इटहरी, धरान, भोजपुर, उदयपुर, धनकुटा, खोटाङ-दिक्तेल, संखुवासभा, ताप्तेजुङ, खादबारी, पथरी, लेटाङ, दमक र इलाममा हिजो साँझ विशाल मसाल जुलुस प्रदर्शन गरेका हुन्।  

    गत फागुन १७ गते प्रदेश सरकारले अचानक आवश्यक छलफल नै नगरी प्रदेश सरकारले छापामार शैलीमा प्रदेशको नामकरण कोशी प्रदेश गरेपछि किरात सभ्यताको आधारमा प्रदेशको नामाकरण धोषणा गर्नु पर्ने माग सहित पहिचानवादी शक्तिहरुले विरोध प्रदर्शन गरेका हुन्। 

    प्रदेशको नामाकरण पहिचानको आधारमा राख्नु पर्ने मागसहित पहिचानवादी शक्तिहरुले संस्कृति, सभ्यता, पहिचान र आत्मसम्मान सहितको राजनीतिक अधिकारबाट राज्यसत्ताले नियोजित रुपमा जनताको नैसर्गिक अधिकारबाट पहिचानवादी समुदायहरुलाई बञ्चित गर्दै एकल नश्लिय राज्य व्यवस्थालाई निरन्तरता दिएको आरोप लगाएका छन्। 

    प्रदेश सरकारले फागुन १७ गते षड्यन्त्र गरेको आरोप लगाउदै द्वन्दको विजारोपन गरेको भन्दै प्रदेश सरकारले आफ्नो गलत निर्णयलाई नसच्याए कडा आन्दोलन गर्ने कार्यक्रम सहित आमहड्ताल गर्ने कार्यक्रमको धोषणा गरेका हुन्। प्रदेश सरकारले पहिचानवादी शक्तिहरुको शान्तिपूर्ण आन्दोलन र मागलाई सम्बोधन नगरे, प्रदेश सरकारले  बेवास्ता नगरे आन्दोलनको बलबाट नै सडक आन्दोलन गरेर पहिचान सहितको प्रदेशको नामाकरण धोषणा गर्ने चेतावनी समेत दिएका छन्।

     

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख १०, २०८२ (अप्रिल २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कक्षा १२ को परीक्षा बहिष्कार : केन्द्राध्यक्षहरूद्वारा राजीनामा, शिक्षक आन्दोलनलाई समर्थन

    काठमाडौं, वैशाख ९ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालनका लागि तयारी गरिरहेकै...

    १५६औं लेनिन जयन्ती र ७७औं कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा ७७ जना विभिन्न पार्टीका नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश

    काठमाडौं, वैशाख ९ – नेपाल कम्युनिस्ट पार्टीले १५६औं लेनिन जयन्ती तथा पार्टीको ७७औं स्थापना दिवसको...

    तीनकुने काण्ड : दुर्गा प्रसाईंविरुद्ध पाँचवटा गम्भीर अभियोगमा बयान सुरु

    काठमाडौं, वैशाख ९ – राजधानीको तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य अभियुक्त...

    कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने, तयारी तीव्र –

    काठमाडौं, वैशाख ९ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा पूर्व निर्धारित तालिकाअनुसार यही...