News Portal

सत्ता गठबन्धनमा सहमति जुटेन, उपराष्ट्रपतिमा तीन जनाको उम्मेदवारी !

हिमालीसंचार संवाददाता
३२५ पटक

काठमाडौँ। सत्ता गठबन्धन दलबीच उपराष्ट्रपतिमा साझा उम्मेदवारमा सहमति जुटाउन असर्थक भएको छ।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ९ दलको बैठकमा उपराष्ट्रपतिमा साझा उम्मेदवारबारे सहमति जुट्न नसकेपछि जनता समाजवादी पार्टी र जनमत पार्टीले छुट्टाछुट्टै उम्मेदवारी उठाउने भएका हुन्।

जनमत पार्टीका अध्यक्ष सिके रावतले पार्टीबाट ममता झालाई उपराष्ट्रपतिमा उम्मेदवार उठाउने निर्णय भएको बताए।

उनले भने,’जनमत पार्टीबाट ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार उठाउने निर्णय गरेको छ। जसपाले २ जनालाई उम्मेदवार उठाउने निर्णय गरेको छ। संभवत जसपाले पनि उम्मेदवारी दर्ता गर्नेछ। छलफलमै क्रममा छौं। भोलिसम्म निष्कर्षमा पुगेर एउटै मात्रै उम्मेदवार चयन गर्ने सहमतिमा पुग्छौँ होला।’

जसपाबाट राम सहाय यादव र प्रमिला यादवले र जनमतबाट ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार उठाउने निर्णय भएको हो।

यसअघि सत्ता गठबन्धनमा राष्ट्रपति नेपाली कांग्रेस र उपराष्ट्रपति जनता समाजवादी पार्टीलाई दिने समझदारी भएको थियो। राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ।

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बिहान ९ देखि दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयनपत्र दर्ताको कार्यक्रम छ। उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते तय भएको छ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...