News Portal

  • केपी ओलीले चौतर्फी घेराबन्दीमा प्रधानमन्त्री दाहाल

    हिमालीसंचार संवाददाता
    १८९ पटक

    काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चौतर्फी घेराबन्दी गरेको आरोप लगाएका छन्।

    उनले स्थायी कमिटीको जारी बैठकमा दुई दिनसम्म यही विषय दोहोर्‍याएको एक पदाधिकारीले जानकारी दिए। बिहीबार बसेको स्थायी कमिटी बैठकमा पनि प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी ओलीले सहमति पालना नगरेको भन्दै असन्तुष्टि जनाएका थिए।

    संसद् विघटनको विषय संसद् प्रवेश गराएर ओलीले सहमति पालना नगरेको बताइएको छ। प्रधानमन्त्री प्रचण्डले माओवादीले एमालेको तुलनामा मन्त्रालय पनि राम्रा नपाएको र मर्यादाक्रममा पनि अप्ठेरो पारिएको टिप्पणी गरेका थिए।

    ‘संसद् विघटनको विषय संसद्मै उठाउँदा निर्वाचित प्रधानमन्त्रीको लागि अलि असहज भएको छ,’ दाहालको भनाई उद्धृत गर्दै ती पदाधिकारीले भने, ‘विगतका कुरा सार्वजनिकरुपमा नउठाउने सहमति भएको थियो त्यो पालना भएन। हामीले त्यो विषय नबोल्ने भनेका थियौँ। संसद् विघटनको विषयमा त्यत्रो आन्दोलन गर्‍यौँ, अहिले त्यही ठिक थियो भन्न सकिँदैन।’

    उनले एमाले र माओवादीबीच प्रधानमन्त्रीले शपथ लिएका दिनमा एक एक जना मन्त्री पठाउने भनिएको भए पनि एमालेले चार जना पठाएको भन्दै अर्को असन्तुष्टि जनाएका थिए।

    ‘पहिलो दिनमा नै दुई वटै पार्टीबाट एक एक जना पठाउने कुरा भएको थियो तर एमालेले चार जना पठायो,’ प्रचण्डको भनाई थियो, मन्त्रीको पोर्टफोलियो पनि जसरी हुनुपर्ने हो त्यो भएन। सहमति र विश्वासको कुरा हुन सकेको छैन।’

    प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सभामुख र राष्ट्रपति अहिले एउटै पार्टीको बनाउने र भोलि प्रधानमन्त्री हुँदाको अवस्था अहिले नै मूल्याङ्कन गर्नुपर्ने बताएका थिए । यस विषयमा गम्भीर समीक्षा गरेर निर्णय गर्नुपर्ने उनको भनाई थियो।

    ‘सभामुख र राष्ट्रपति अनि भोलि प्रधानमन्त्री पनि एउटै पार्टीको हुने अवस्थामा गम्भीरताका साथ अहिले नै सोच्न जरुरी छ,’ दाहालको भनाई थियो, ‘काँग्रेससहितले विश्वासको मत दिएका छन्। हामीले राष्ट्रिय सहमति जुटाउनुपर्ने अवस्था आउन सक्छ तर अहिले नै काँग्रेस वा एमालेको राष्ट्रपति भन्ने अवस्था चाहिँ छैन।’

    त्यसपछि पदाधिकारी तथा स्थायी कमिटी सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम सुरु भएपछि पनि दाहालले दोहोर्‍याइ दोहोर्‍याइ ओलीले चौतर्फी घेराबन्दी गरेकाले सहमतिका आधारमा राष्ट्रपति चयनको प्रस्ताव आफूले ल्याएको बताएका थिए।

    माओवादी स्रोतले दिएको जानकारीअनुसार दाहालको प्रस्तावमा सबैजसो पदाधिकारी सकारात्मक छन्। तर गिरिराजमणि पोखरेलले भने अहिले एमाले र माओवादीको समीकरण नै अघि बढाउनुपर्ने बताएका थिए।

    उनको भनाई उद्धृत गर्दै माओवादीका एक पदाधिकारीले बाह्रखरीसँग कुरा गर्दै भने, ‘अहिले सरकारमा रहेका साथीहरूले पनि यही समीकरणलाई अघि बढाउनुपर्छ भन्नुभएको छैन। अध्यक्षको प्रस्तावलाई उहाँहरूले सकारात्मक रूपमा लिनुभएको छ तर गिरिराजमणि पोखरेलले एमाले र माओवादीबीचको सम्बन्धलाई नै अघि बढाउनुपर्ने भयो। हाम्रो छलफल जारी छ।’

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    स्रोत नखुलेको नगदसहित गौरमा पूर्व अनुसन्धानकर्मी पक्राउ

    रौतहट, असार १९ — रौतहटको गौर भन्सार नाकाबाट स्रोत नखुलेको ठूलो रकमसहित एक जना पूर्व...

    सफलताको शिखर चढ्दै मातृका लम्साल

    युएई, असार १९ — आजभन्दा १५ वर्षअघि क्लिनरको काम गर्न युएई पुगेका झापाका मातृका लम्साल...

    झापामा किशोरमाथिको कुटपिटले लियो दुईको ज्यान : दोषीमाथि कडा कारबाहीको माग

    झापा, असार १९ – झापाको शिवसताक्षी नगरपालिका–९ मा केही दिनअघि भएको एक कुटपिट घटनाले दुई...

    आज २०८२ साल असार १९ गतेको राशिफल

    आज असार १९, २०८२ (जुलाई ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एनसीसी फुटाउने बद्रि केसी समूहको प्रयासको चौतर्फी आलोचना, एकताबद्ध रहन जोड

    काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)का पदाधिकारी तथा अभियन्ताहरुले बद्री केसी समूहले मिलेर बसेका एनआरएनए एनसीसीहरुलाई...