News Portal

रविले भने- म कुनै देशको नागरिक रहिनँ

हिमालीसंचार संवाददाता
२६५ पटक

काठमाडौं – रविले आफू अहिले अनागरिक रहेको बताएका छन् । गृहमन्त्रालयबाट बाहिरिने क्रममा लामिछानेले आफूले सर्वोच्च अदालतको आदेशको स्वागत गर्ने पनि बताए ।”सर्वोच्च अदालतको आदेशको स्वागत गर्छु । मसँग अहिले कुनै जवाफ छैन । म कुनै देशको नागरिक रहेन । मसँग कुनै जवाफ छैन। उनले भने ।

रवि लामिछानेको विषयमा गरेको फैसलाविरुद्ध नारावाजी गर्ने प्रदर्शनकारीहरु पक्राउ परेका छन् । शुक्रबार साँझ सर्वोच्च अदालतको संवैधानिक इजालासले अदालतको फैसला गरे लगत्तै लामिछानेका समर्थकहरुले राम शाहपथस्थित सर्वोच्च अदालतको ढोकैमा प्रदर्शन गरेका थिए।

सर्वोच्च अदालतको संवैधानिक इजालासले लामिछानेले विदेश नागरिकता परित्याग गरेपनि नयाँ नागरिकता लिने प्रक्रियामा नगरेको जनाएको छ। अदालतले नागरिकता नरहेको व्यक्ति सांसदको उम्मेदवार हुन योग्य नरहेको भन्दै पद खारेज गरिदिएको छ। फैसला आएसँगै लामिछानेका समर्थकहरु आक्रोशित भएका थिए ।

उनीहरुले सर्वोच्च अदालत, निर्वाचन आयोगविरुद्ध नारावाजी भएपछि उनीहरुमाथि प्रहरी हस्तक्षेप गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानको आइतबार नै नागरिकताको प्रतिलिपि लिने भएका छन् ।सर्वोच्च अदालतले लामिछानेले प्रयोग गरेको नागरिकता बदर गरेपछि नयाँ प्रतिलिपि नागरिकता लिन लागेका हुन्।

‘आइतबार नै काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट उहाँ (रवि लामिछाने)ले नागरिकताको प्रतिलिपि लिनुहुनेछ, हामी तयारीमै छौं’–लामिछानको स्वकिय सचिव प्रकाश सिग्देलले भने ।उनका अनुसार नागरिकताको प्रतिलिपि लिने बित्तिकै लामिछाने चितवन आउने छन्।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...