News Portal

रविले भने- म कुनै देशको नागरिक रहिनँ

हिमालीसंचार संवाददाता
२८० पटक

काठमाडौं – रविले आफू अहिले अनागरिक रहेको बताएका छन् । गृहमन्त्रालयबाट बाहिरिने क्रममा लामिछानेले आफूले सर्वोच्च अदालतको आदेशको स्वागत गर्ने पनि बताए ।”सर्वोच्च अदालतको आदेशको स्वागत गर्छु । मसँग अहिले कुनै जवाफ छैन । म कुनै देशको नागरिक रहेन । मसँग कुनै जवाफ छैन। उनले भने ।

रवि लामिछानेको विषयमा गरेको फैसलाविरुद्ध नारावाजी गर्ने प्रदर्शनकारीहरु पक्राउ परेका छन् । शुक्रबार साँझ सर्वोच्च अदालतको संवैधानिक इजालासले अदालतको फैसला गरे लगत्तै लामिछानेका समर्थकहरुले राम शाहपथस्थित सर्वोच्च अदालतको ढोकैमा प्रदर्शन गरेका थिए।

सर्वोच्च अदालतको संवैधानिक इजालासले लामिछानेले विदेश नागरिकता परित्याग गरेपनि नयाँ नागरिकता लिने प्रक्रियामा नगरेको जनाएको छ। अदालतले नागरिकता नरहेको व्यक्ति सांसदको उम्मेदवार हुन योग्य नरहेको भन्दै पद खारेज गरिदिएको छ। फैसला आएसँगै लामिछानेका समर्थकहरु आक्रोशित भएका थिए ।

उनीहरुले सर्वोच्च अदालत, निर्वाचन आयोगविरुद्ध नारावाजी भएपछि उनीहरुमाथि प्रहरी हस्तक्षेप गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानको आइतबार नै नागरिकताको प्रतिलिपि लिने भएका छन् ।सर्वोच्च अदालतले लामिछानेले प्रयोग गरेको नागरिकता बदर गरेपछि नयाँ प्रतिलिपि नागरिकता लिन लागेका हुन्।

‘आइतबार नै काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट उहाँ (रवि लामिछाने)ले नागरिकताको प्रतिलिपि लिनुहुनेछ, हामी तयारीमै छौं’–लामिछानको स्वकिय सचिव प्रकाश सिग्देलले भने ।उनका अनुसार नागरिकताको प्रतिलिपि लिने बित्तिकै लामिछाने चितवन आउने छन्।

प्रतिकृया दिनुहोस्

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

शंकास्पद रूपमा भारत लैजाँदै गरिएका बालबालिका फेला, ६ जनामाथि अनुसन्धान

दाङ, माघ २८ – बर्दिया मार्ग हुँदै भारततर्फ लैजाँदै गरिएका तीन जना नेपाली बालबालिकालाई प्रहरीले...

आज २०८२ साल माघ २८ गतेको राशिफल

आज माघ २८, २०८२ ( फेब्रुअरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...