News Portal

प्रदेश खारेजी पक्षधर पाठकको हातमा प्रदेशसभाको चाबि

हिमालीसंचार संवाददाता
२३५ पटक

काठमाडौं। बागमती प्रदेशसभाको सभामुखमा भुवन पाठक निर्वाचित भएका छन्। शुक्रबार प्रदेशसभामा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार पाठक ६२ मतका साथ निर्वाचित भएका हुन्।

पाठक राप्रपाका निर्वाचित महामन्त्रीसमेत हुन्। राप्रपा त्यही दल हो, जसले प्रदेश खारेजीको माग गर्दै चुनावमा मत मागेको थियो।

प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ गरी १३ सिट जितेको राप्रपा ११० सदस्यीय प्रदेशसभामा सरकार गठनमा निर्णायक बन्यो। केन्द्रमा एमाले–माओवादी गठबन्धनलाई साथ दिएको राप्रपाले प्रदेशको मुख्यमन्त्री नै मागेको थियो।

२७ सिट जितेको एमाले र २१ सिट जितेको माओवादीले मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति गर्दा राप्रपाले सभामुख पायो। र, पाठक सभामुखको उम्मेदवार बने। नेपाली कांग्रेसका शिवराज अधिकारीले र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)की सृजना सयजु पनि उम्मेदवार थिए।

तर प्रदेशसभामा प्रष्ट बहुमत भएको सत्ता गठबन्धनका उम्मेदवार पाठक ६२ मतका साथ निर्वाचित भए। उनको विपक्षमा ४९ मत खसेको छ भने ७ जना तटस्थ बसेका छन्। सरकारलाई समर्थन गरेको एकीकृत समाजवादीका ७ प्रदेशसभा सदस्य सभामुखको निर्वाचनमा भने तटस्थ बसेका हुन्।

संघीयता खारेजी, हिन्दु राष्ट्र र राजतन्त्र पुनर्स्थापनाको मुख्य एजेण्डा बोकेको पार्टीमा आफ्नो उर्बर समय ब्यतित गरेका पाठकले अब प्रदेशसभालाई प्रभावकारी बनाउन समन्वयनकारी भूमिका खेल्नुपर्नेछ।

सभामुख निर्वाचित भएपछि पाठकले अनलाइनखबरसँग भने, ‘म पूर्ण तटस्थताका साथ आफ्नो भूमिका निर्वाह गर्छु, प्रदेशसभा सबै राजनीतिक दलको साझा थलो हो, म कुनै पक्ष विपक्षीमा नलागी राजनीति भन्दा माथि उठेर काम गर्छु।’

उनले आफू राजनीतिबाट मुक्त भएर काम गर्ने र प्रदेशसभाको गरिमा बढाउने, जनताको पीरमर्का र जनजीविकाको आवाज उठाउने थलोको रुपमा प्रदेशसभालाई अघि बढाउने पनि बताए।

प्रतिकृया दिनुहोस्

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...