News Portal

मैले हराएको मण्डलेलाई ल्याएर मलाई निकालेपछि प्रतिवाद गरेँ : घनश्याम भुसाल

हिमालीसंचार संवाददाता
५८२ पटक

काठमाडौं। नेकपा एमाले छाडेर स्वतन्त्र चुनाव लडेको नेता घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीमा सर्वत्र म भन्ने अहंकार हावी भएको आरोप लगाएका छन्।

आज माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा प्रवेश गर्दै उनले भने, ‘ओली संगठन कस्तो हुन्छ सौराह काण्डजस्तै हो। सिद्धान्त राज्य र पार्टी सबै मेरा चाकर हुन् भन्ने ठान्छन्। विचार सर्वत्र म भन्ने हो।’

ओलीवाद हावी भएकै कारणले अहिले कम्युनिष्ट आन्दोलन अफ्ठ्यारोमा परेको आरोप लगाए। उनले भने, ‘मैले गालीगलोज गरेको छैन। कसैले बहस गर्छ म तयार छु।’

एमालेमा ओलीवाद हावी भएकै कारणले आफू एमालेमा बस्न नसकेको उनको भनाइ छ।

उनले भने, ‘मेरो निर्वाचन क्षेत्रमा अरु कसैलाई ल्याएर उठाइदैछ भन्ने मलाई थाहा थियो। मैले सबैलाई भनेको दिए मलाई उम्मेदवारी दिइदैन। यो समान्य कुरा थियो। तर, मैले अघिल्लो चुनावमा हराएको मण्डलेलाई ल्याएर मलाई निकालेको कुरा म सहेर बस्नु हो भने जिउँदै बस्नुपर्छ कि पर्दैन। जो सुकैले पनि सोच्ने कुरा हो जस्तो लाग्छ मलाई। त्यसैले मैले प्रतिवाद गरेको हुँ ।’

सत्ताको लागि संविधान विपरितका आश्वासन बाँडेर गठबन्धन गरेकोप्रति असन्तुष्टि समेत व्यक्त गरे।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...