News Portal

सत्ता पक्षकै सांसदको मत बदर हुँदा सुदूरपश्चिममा निर्वाचित भएनन् सभामुख

हिमालीसंचार संवाददाता
३५१ पटक

कैलाली। सुदूरपश्चिममा सत्ता गठबन्धनका सांसदबाटै मत बदर हुँदा सभामुख निर्वाचन भोलिका लागि सरेको छ। आज भएको निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका भीम भण्डारीले पहिलो चरणमा २७ मत प्राप्त गरे।

तर दोस्रो चरणमा भने उनले २६ मत मात्रै ल्याए। जबकी निर्वाचित हुनका लागि २७ मत आवश्यक हुन्छ। दोस्रो चरणको निर्वाचनमा सत्ता गठबन्धनकै एकजना सांसदको मत बदर भएपछि सभामुखको निर्वाचन भोलि पुनः हुने भएको छ।

उता नेपाल नेपाली कांग्रेस, नेकपा एस र स्वतन्त्रबाट उम्मेदवार बनेका मान बहादुर रावलले २३ मत प्राप्त गरे। उनले दुवै चरणमा २३ मत नै ल्याए।

यस प्रदेशमा जम्मा ५३ जना सांसद रहेका छन्। जसमा सत्तारुढ गठबन्धन दलहरु एमाले, माओवादी, राप्रपा, नागरिक उन्मुक्तिसहित २९ जना छन्।

आजको निर्वाचनमा एमालेका सांसद चक्र मल्ल बैठकबाट बाहिर निस्किएका थिए। तर पछि जनाउ घण्टी बजेपछि उनलाई प्रवेश गर्न दिइएको थिएन्।

त्यस्तै, नागरिक उन्मुक्तिका लक्षमण किशोर चौधरी भने उपस्थित नै भएनन्। उता कांग्रेस, नेकपा एस, स्वतन्त्र गरेर २३ जना रहेका छन्। ज्येष्ठ सदस्य भएकाले कांग्रेसका शिवराज भट्टले मत भने हाल्न पाएनन्।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...