News Portal

प्रदेश १ सरकार गठन, प्रचण्डका ज्वाइँको दाबी

हिमालीसंचार संवाददाता
२६५ पटक

विराटनगर। प्रदेश १ सरकार गठनको अन्तिम तयारी भइरहँदा नेकपा माओवादी केन्द्रभित्र मन्त्रीको विषयमा विवाद बढेको छ। प्रदेश १ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच तालमेल गरेर सरकार गठन हुँदै छ।

सरकार गठनको तयारी तीव्र बनाउँदा माओवादीभित्र ‘पार्टीमा त्याग गरेका’भन्दा नयाँहरूबाट मन्त्रीमा दाबी हुन थालेपछि विवाद उत्कर्षमा पुगेको हो। मोरङ-६ को प्रदेश निर्वाचन क्षेत्र १ बाट निर्वाचित प्रदेशसभा सदस्य जीवन आचार्यले सरकार गठन प्रक्रिया सुरु नहुँदै मन्त्री पद दाबी गरेका छन्।

यसले पार्टी संगठनमा लामो समय काम गरेका सांसद गणेश उप्रेती ‘सुशील’ मन्त्रिपरिदमा नअटाउने देखिएको माओवादीका एक नेताले बताए। आचार्य नातामा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का ज्वाइँ हुन्। १३ मन्त्रालय रहेको प्रदेशमा माओवादीको भागमा ४ वटा पर्ने सम्भावना छ।

माओवादीले यसअघि पार्टीले निर्माण गरेको सांगठानिक संरचनाको लिम्बुवान, किरात र कोचिला राज्यबाट सन्तुलन मिलाएर सरकारमा पठाउने तयारी गरिरहेको नेताहरूले बताएका छन्।

लिम्बुवानबाट दुर्गाप्रसाद चापागाईं र किरातबाट राजेन्द्र कार्कीले मन्त्री दाबी गरेका छन्। उदयपुरका नारायणबहादुर मगर र मोरङका गणेश उप्रेती पनि मुख्य दाबेदार हुन्। दाबेदारमा आचार्य पनि थपिएपछि विवाद चर्किएको नेताहरूले बताएका छन्।

माओवादीले झापा, मोरङ र सुनसरीलाई ‘कोचिला राज्य’ भन्ने गरेको थियो। मोरङबाटै दुईजना मन्त्री बन्ने लाइनमा आएपछि विवाद बढ्दै गएको हो। आचार्यले मन्त्री बन्ने आकांक्षा गरेपछि उप्रेतीले सामाजिक सञ्जाल फेसबुकमा ‘स्टाटस’ नै लेखेका छन्।

‘राजनीति गर्नेहरूले राजनैतिक निर्णय र राजनैतिक पहलकदमी लिएकै राम्रो’, उनले लेखेका छन्, ‘त्यसभित्र अराजनैतिक र मूल्य मान्यता नाघेर निर्णयहरू लिँदा आन्दोलन वा अभियान कसैलाई फाइदा पुग्दैन!’

आचार्य कुनै हालतमा मन्त्री पद नछाड्ने भन्दै केन्द्रमा लबिङ तीव्र बनाएका छन्। यसबाट प्रदेशस्तरको माओवादीमा असन्तुष्टि चुलिएको हो। उप्रेती माओवादीको द्वन्द्वकालदेखि नै सक्रिय नेता हुन्। पार्टी आन्दोलनका क्रममा उनले दुई वर्ष जेल जीवन पनि बिताएका थिए।

मोरङ २ (१) बाट निर्वाचित भएका उनी मन्त्रीको दौडमा छन्। तर, आचार्यले दाबी गरेसँगै पार्टीको साविक कोचिला प्रदेशको कोटाबाट उनको नाम नपर्ने देखिएको छ। एकै क्षेत्रबाट मन्त्री बनाउँदा भूगोल नसमेटिने भएपछि आचार्यले दाबी गर्न नहुने मतसमेत पार्टीमा बढेको हो।

उप्रेती २०५३ सालदेखि माओवादी केन्द्रमा सक्रिय भएका थिए। उनी अखिल क्रान्तिकारीमा आवद्ध भएपछि २०५५ सालमा बीएड पढ्दा इलाम क्याम्पस स्ववियू सचिव बनेका थिए। २०६० सालमा पार्टीको इलाम सचिव भएका थिए। ०६१ सालमा मोरङ जिल्ला इन्चार्ज भए।

त्यसबेला शिवकुमार मण्डल सहइन्चार्ज थिए। मण्डल यसअघि तीनपटक प्रतिनिधिसभा सदस्य र मन्त्रीसमेत भइसकेका छन्। उनी हाल पार्टीको पोलिटब्युरो सदस्य छन्।

उप्रेती भने प्रदेश कमिटी सचिव छन्। उप्रेतीले भने, ‘जीवनजीलाई छोटो समयमा पार्टीले राम्रो अवसर दिएको छ। यसपटक मलाई न्याय दिनुपर्छ भन्ने हो। यसप्रति अध्यक्ष प्रचण्डले सकारात्मक निर्णय गर्नेमा विश्वस्त छु।’

आचार्य भने प्रचण्डकी कान्छी छोरी गंगा दाहालसँग विवाह गरेपछि मात्रै पार्टीसँग नजिकिएका हुन्। गंगाको पहिलो श्रीमानसँग सम्बन्धविच्छेद भएपछि जीवनको विवाह भएको हो।

उनलाई प्रचण्डको ज्वाईं भएकै कारण २०७४ सालमा पार्टीको कुनै जिम्मेवारीमा नभएपनि मोरङ क्षेत्र नम्बर ६ प्रदेश निर्वाचन क्षेत्र २ बाट उमेदवार बनाइएको थियो। उक्त चुनावमा पराजित बनेपछि आचार्य पहुँचकै आधारमा ०७५ मा एकैपटक प्रदेश कमिटी सदस्य बने।

माओवादीको गत महाधिवेशनपछि उनलाई सोझै केन्द्रीय सदस्य बनाइएको छ। दोस्रोपटक प्रदेशसभा सदस्य उमेदवार बनेर उनी विजयी भएका हुन्।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...