लामो समयदेखि शिक्षण पेशामा आवद्द कवि डा. महेन्द्रकुमार मल्ल समाजका विद्ममान युगीन सत्यलाई भाव बनाएर ‘भाषाको बकपत्र’ कविता सङ्ग्रहलाई लयात्मक बान्क़ीमा उद्भभाषित गरी पाठकमाँझ पस्केका छन्। कवि मल्ल युगीन चिन्तनमा बाँचिरहन, स्वप्निल मातृभूमिप्रतिको अगाध आस्था राख्ने, सौन्दर्य र सभ्यताको पर्याय बनेर रहेको प्रकृति, माया र उत्साहका भाका बनाएर समसामयिक चिन्तनमा बाँचिरहने र अनुभवका पुञ्जलाई केलाएर डायस्पोरिक अनुभूतिलाई कविताको विषय बनाएर अभिव्यञ्जनलाई स्पस्ट रुप दिइसकेका छन्। सरल भाषाले पछ्रयाएकाे मुक़्त लय र त्यसमा अन्तनिर्हित भावगाम्भीर्यता यस कविता सङ्ग्रहभित्रका कविताहरूको वैशिष्ट्य बनेर रहेका छन्।
१.आरम्भ:
शैक्षिक क्षेत्रका धरोहर कवि डा. महेन्द्रकुमार मल्ल वीरेन्द्रनगर-१० सुर्खेत स्थायी बसोबास भएका कवि हुन्। उनले नेपाली विषयमा त्रि. वि. वि. कीर्तिपुरबाट पीएचडी गरेका छन्। लगभग तिन दशकको शिक्षण पेशालाई अंगाल्दै त्रिभुवन विश्वविद्यालय, सुर्खेत बहुमुखी क्याम्पसमा प्राद्यायनरत एक कुशल शैक्षिक प्रशासक पनि हुन्।
कवि मल्लका लेखन आरम्भ विन्दुलाई केलाएर हेर्दा ‘ भाषाविज्ञान र पूर्वीय एवम् पाश्चात्य साहित्य सिद्धान्त ‘ ( २०६२), उपन्यास सिद्धान्त र ‘मुलुकबाहिर उपन्यासको विश्लेषण’(२०६९), ‘उपन्यासकारितामा कसीमा माइतघर र लङ्गडाको साथी उपन्यास’ (२०६९), ‘प्रायोगिक भाषाविज्ञान’( २०७२), अनिवार्य नेपाली’(२०७२) भाषाविज्ञानका प्रमुख सिद्धान्त’ (२०७६) लगायत अन्य थुप्रै सन्दर्भ र विश्वविद्यालयका पाठ्यक्रममा आधारित कृतिहरू प्रकाशित छन्। यसरी अगाडि बढेको साहित्यिक यात्रा ‘भाषाको बकपत्र’ पहिलो कविता सङ्ग्रह’ हो।
सामाजिक जीवनमा देखा परेका विभिन्न पक्ष र तितो यथार्थ, समयक्रमका राजनैतिक परिस्थिति र मानवीय चरित्रले उत्पन्न गरेका विरोधाभाषजन्य अवस्था, अनुभूतिलाई युगको यथार्थ र विशृङ्खलित विचारतरङ्गहरूलाई आकार दिन सक्ने तार्किक अनुगुञ्जन उनका विशेषता हुन्। शव्दहरूलाई बान्की मिलाएर श्रुतिमधुरमा बनाएर लयमा ढाल्न सक्ने तथा काव्यिक वाटिकामा फूल्न र फुलाउन सक्ने खप्पिस कवि युगीन सत्यलाई उद्भभाषित गर्ने सामर्थ्य राख्रन सक्ने कवि मल्लका चिन्तनका विषय हुन्।
२.भाषाको बकपत्र : बाह्य सौन्दर्य
ड़ा. महेन्द्रकुमार मल्लको ‘भाषाको बकपत्र ’ कविता सङ्ग्रह’ काव्यात्मक दस्तावेज हो। साङ्ग्रिला पुस्तक प्रा. लि. काठमाड़ौ, नेपालद्वारा पहिलो संस्करण वि. स २०७९ असोजमा प्रकाशित गरेको कवि मल्लको नवीनतम कृति हो। रङ्गीन टाइम्स आवरणमा सजिएर जमा १५१ पृष्टमा छापिएको यो कृतिका समसामयिक विषयवस्तुलाई समेटेर कुल ३४ थान फ़ूटकर कविताहरू समेटिएका छन्। तिन पृष्टदेखि सात पृष्टसम्म फैलिएका यि कवितालाई फुटकर कविता मान्न सक़िन्छ। प्रत्येक कविताको शीर्षमा सादा स्वेतश्याम चित्त्रको छायाङ्कन गरिएको छ। यी क़विता सरल, सरस, मुक़्तलय र भावगाम्भीर्यता र वैशिष्ट छन्।पहिलो कविता ‘प्रसव र कविता’ बाट सुरू भएर ‘त्यसैले म आउॅंनु छ’ मा पुगेर टुङ्गिएको छ।
३.भाषाको बकपत्र : आन्तरिक सौन्दर्य
ड़ा. महेन्द्रकुमार मल्लको भाषाको वकपत्र’ कविता सङ्ग्रह’ को आन्तरिक सौन्दर्यलाई निम्न उपशीर्षकमा समीक्षा गर्न सकिन्छ।
३.१ भावगत सौन्दर्य
ड़ा. महेन्द्रकुमार मल्लको भाषाको वकपत्र’ कविता सङ्ग्रह’ मा समेटिएका कविताको भावगत सौन्दर्यलाई हेर्दा उनका कवितामा ज़सरी नारीको सौन्दर्य गहना हुन्छ, त्यस्तै शव्दमा अलङ्कार भाव र सौन्दर्य छ भने त्यहाँ पक्कै सौन्दर्य छाउॅंछ ।त्यसको पछि न कुनै उदेश्य नै लुकेको हुन्छ या न कुनै प्रतिपादित लुकेको हुन्छ। बस केवल त्यहाँ रसानुभूति वा आनन्द लुकेको हुन्छ। यसरी कविले कवितामा भावगत अभिव्यञ्ज़ित पाइन्छ। उनले कुनै शव्दहरू डायरीका पानामा कसरी सजाए भन्ने क़ुरा गरेका छन्।
सिञ्जा उपत्यका ऐतिहासिक जुम्ला राज्यको राजधानी तथा वर्तमान नेपालको प्रसाशनिक संरचनामा कर्नाली प्रदेश तथा जुम्ला जिल्लामा अवस्थित छ। कर्णाली प्रदेशको सिञ्जालाइ उद्ग़म स्थल मानिन्छ। १३औं शताब्दीदेखि इसाको १४ औ. शताव्दीलाई नेपाली भाषाको उत्पत्ति सिञ्जामा भएको फेला परेको थियो। कवि त्यहि भाषाको उदगम स्थललाई बकपत्र बनाएर सिञ्जालीहरूको कर्म , रहनसहन र जीवनशैलीलाई उतारेका कवितांशमा उतारेका छन्।
उकाली ओराली गराउने
सिञ्जालीहरूको कर्म उस्तै छ
धाक्रोमा ख़ुर्को कसेर भुओ र
पाखोमा फापर , जौ र उवा थन्क़्याउने
बोख़ु लगाएर पाउडो कसेर पाटनहरुमा। (भाषाको बकपत्र , पृ. २८)
एउटा सन्तान जन्मिदा हजारौ कोषिका चुडिएको कठोर पीड़ालाई आमाले आफ्नो सन्तानको मधुर चिच्याहटमा भुलिदिन्छिन्।ती आमालाई सम्बोधन गर्दे कवि मानसपटलबाट विस्मित भएर माटोंको कसम खाएर ती वेदनालाई कवितांश मार्फ़त उनकै लागि दिल धड्कएको आभास पाइन्छ।
विस्मित छ मानसपटल
तिम्रा क्षणहरूबाट
भनेका थियौ
आखाँबाट बग्ने रगतहरूको कसम
माटोबाट बग्ने आँसुहरूको कसम
नदीका निला वेदनाहरूको कसम
आमा !
(मुच्छित् सपनाहरू, पृ. ६२)
भोगाइले पोखिन खोजेपछि तिनलाई शव्दहरूमा एकत्रित गर्न निकै सकस हुन्छ । शव्दहरुले माला गाॅंसेर सुन्दर स्वरूपमा ढाल्ने यत्नमा गम्नु पर्दाको पीड़ा र छटपटीको त हिसाब नै के गर्ने भन्ने भाव कवि मल्लका कविताशंमा व्यक्त भएका छन्।
गर्ववती नारी स्नानगृह प्रवेश गरे झै
कविता प्रसवका लागि मैले आफ्नो
बगैचा रोजे
जन्म दिनमा मामाले उपहार दिएक़ो
कलम डायरी खोज्ने
‘हे विधयाकी अधिष्ठात्री ‘
( प्रसव र पीडा, पृ. १६)
‘मायामा संसार अटेको हुन्छ। न यसलाई हेर्न सकिन्छ , न त स्पर्श गर्न नै सकिन्छ। सकिन्छ त केवल महसुस गर्न। जब मानिसहरू महसुस गर्न शव्द खोज्न थाल्दछन् तव एकान्तमा हराउछन्। तसर्थ प्रेम दिने भाव हो, लिने भाव होइन। प्रेम विशाल अनुभूति हो , विशाल उर्जा हो, जसले जीवन सुन्दर,शान्त र उमङ्ममा जिउन मद्दत गर्दछ । कवि मल्ल नागवेली भविष्य कल्पेर उनकै प्रतीक्षामा बाँचिरहेका हुन्छन्। माया शव्द नभएको भए सायद यो संसार फिका हुन्थ्ययो होला । मायामा मिठास र आफ्नोपन हुन्छ, माया अनन्त हुन्छ। न चोखो हुन्छ न त जुठो नै ।सायद आकृतिसॅंगै छाया हिडेजस्तो, बास्नाले फूल रोज़े जस्तो धर्तीमा जीवनको लागि आकाशबाट पानी बर्सिए जस्तो हुन्छ भन्ने भाव कवि मल्लका कविताशंमा पाइन्छ ।
माया त यस्तो होस्
आकृतिसॅंगै छाया हिडेॅं जस्तो
हिलोमा कमल फुले जस्तो
धर्तीमा जीवनको लागि
आकासबाट पानी वर्सिए जस्तो।
(माया, पृ. ५०)
कवि मल्ल विश्वबन्धुत्वको भाव झल्क़ाउदै परिवार, छिमेकीहरु एक अर्कामा अवरोध नगरी वा मनमुटाव नगरी समाजलाई असर नपुर्याएर मुटुभरी अपनत्वको भाव पोखेका छन् । कवि सामाजिक जीवनमा देखा परेका विभिन्न पक्ष र तीतो यथार्थ कवितांशमार्फ़त दार्शनिक रूसो झै प्रकृतितर्फ़ फर्फ़, पर्खाल भत्काउन तल्लीन छन् ।
भत्काइदेऊ पर्खालहरू
सीमावारि सीमापारि
जो बसिरहेछन् पृथक पृथक
त्यही अवरोधका कारण
सङ्गाल्दा पनि अपनत्व मुटुभरि ।
( उन्मुत्तता, पृ. ११३)
नेपालको इतिहासका शीर्षस्थ पुरुष पृथ्वीनारायण शाहले नेपालको सार्वभौम बचाए। पूर्वका दार्जीलिंगदेखि लिएर टिस्टा नदी सम्मको भूभाग व्रिटिस इस्ट इण्डिया कम्पनि सरकारलाई सुगौली सन्धिअन्तर्गत सुम्पनु पर्यो। भारत विर्टिसबाट स्वतन्त्र भएपछि सुगौली सन्धि खारेज भई नेपालको भूभाग त्याग्नु परेको थियो।कविले कविताशमा ती वीर पुरूषको स्मरण गरदै यसरी भाव पोखेका छन् ।
एउटा महाअभियान एकीकरणको
टिस्टादेखि कांकड़ासम्मको
गर्विलो इतिहसको
ठुलो दु:खले आर्जेको
म सारथी बनेर सहयात्रामा चलिरहे
रास्टनिर्माणको हिस्सा बनिरहे।
(भाषाको बकपत्र , पृ. २९)
कवि मल्लले राजनैतिक विस्गतिप्रति पनि विद्रोह पोखी तितो प्रहार गरेका छन्। जुन देशमा सामाजिक, आर्थिक र सामाजिक क़्रान्ति भएका छन् त्यहाँ स्वतन्त्रता, प्रजातन्त्र र मुक्तिका लागि बिना स्वार्थ देशका लागि योगदान गर्ने सहिदहरूको यथार्थ मार्ग चित्र कोरेका छन् कवि मल्ल।
ड्याम्म पड्कियो
चेपाङ , गाउॅंको वार्ड सदस्य
गर्याम्म ढल्यो
आरोप थियो
दमनकारी शासनको प्रतीक
आँशुहरू अपहरण गर्ने राज्यसत्ताको प्रतिनिधि
( हार, पृ. ४३)
समय गतिशील छ। वसन्त ऋतुको आगमनसॅंगै नयाॅं वर्ष पनि आइसकेको छ। समयसॅंगै गन्तव्य, चाहना अनि रोजाई पनि परिवर्तित हुनु स्वभाविक नै मानिन्छ। कवि मल्ल गतिशील अनि परिवर्तित समयको मध्यनजर गर्दै आफ़्नो सपना साकार पार्दछन्। यी सङ्घर्षका कथा कविले व्यक्त गरेका छन्।
नदी झै बग्दो रहेछ समय, हावाझै बढ्दो रहेछ
एउटै पालुवा थुप्रै याम बनेर पलाउॅंदो रहेछ
साउनका निला झिलासॅंग, वासन्ती रङगहरुसॅंगै भावना साटियो होला, गुनासो राखियो होला।
( टीका, पृ. ६९ )
३.२ कलागत सौन्दर्य
कला नै जीवन हो। जीवनमा सत्यम्, शिवम् र सुन्दरम् साक्षात्कार गर्नमा अमूल्य योगदान हुन्छ। मानिस कला सौन्दर्यमयी हो र यस जीवनमा प्रेरित हो। सौन्दर्य कलाको महत्वपूर्ण अथवा अनिवार्य तत्व हो। कला अभिव्यक्ति हो, समयको संवाद हो, मानवीय संवेदना अथवा अनुभूतिको विस्तार हो। सौन्दर्य बोधको प्रतिफल हो। यिनै भाव ड़ा. महेन्द्रकुमार मल्लको भाषाको बकपत्र’ कविता सङ्ग्रह’ कवितामा पाइन्छन्।
कवि मल्लले विचार र आवेकको कलात्मक अभिव्यक़्ति पोखेका छन्। सिमलक़ो भुवा झैं कोमल मन उड्दै सूर्यका सुनौला किरणहरूलाई स्पर्श गर्दा भावनाहरू कोमल हुने गरेको कवितांशबाट व्यक्त गर्दछन्।
उसका औलाहरू यति नरम हुन् कि
ज़स्तो सिमलको भुवा नरम हुने गर्दछ।
उसले डुबुल्की मारोस् छातीभरि, तर नबिजाओस्
उसका भावना यति कोमल हुन् कि
दही मथेर निक्लेको नौनी कोमल हुने गर्छ।
( मलाई रहर छ, पृ. २२)
३.३: लयगत सौन्दर्य
कविताको लयले पृथक पहिचान दिएको हुन्छ। कवि ड़ा. महेन्द्रकुमार मल्लको भाषाको बकपत्र’ कविता सङ्ग्रह’ का कविता सबै मुक्तलयमा रचित छन्। कतै अनुप्रासको प्रयोग गरेर कवितालाई सौन्दर्य प्रदान गरेका छन्।
घाम डुबेर साॅंझ उक्लिएपछि
रात उक्लिएर झिसमिसे झरेपछि
तिमी म कहाँ आइपुग्यौ
चिम्सा आँखा र ख़्याउटे अनुहार
अनि मुसा दौडिएका पेट लिएर
आशा- लहरोमा झुण्डिदै झुण्डिदै
मेरो कोठामा टुप्लुक्क आइपुग्यौ।
( गुन्द्रुक, रूवेन, स्क्यान्डिज् र सपनाहरू पृ. १३३)
कवि मल्ल कविताशं मार्फ़त श्रमको पुजारी बनी श्रम गरेर खाने वर्गको सम्मान गरेका छन्।
समाएर हॅंसिया, बेरेर बरियो
मिर्मिरे उषामै बेसी झरियो
(यति त थाहा थियो, पृ. ८४)
आन्तरिक पर्यटनको प्रमुख रोजाइमा रहेको मुगु जिल्लामा अवस्थित समुन्द्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाइमा रहेको रारा हिउॅंदको समयमा हिउॅंले ढपक्क ढाकेको हुन्छ भने जेठको अन्तिमदेखि साउनको पहिलो हप्तासम्म रारा ताललाई फूलै फूलले ढपक्क ढाकेको हुन्छ ।जहाँबाट रारातालको मनमोहक दृश्यका साथै सैपाल हिमालको शृंखलाको मनोरम अवलोकन गर्न सकिन्छ । कवि मल्ल यिनै भावको डुङ्गा तरेर प्रकृतिको उपहारकी रूपमा शृजित राराको स्वप्न सुन्दरतामा साटिएर जीवन जिउन चाहेको कुरा कवितांशमा पाइन्छ ।
राराको स्वप्न सुन्दरतासॅंग साटिएर
जुनी जीवनको फेर्नु छ
डालिया र डयाफोडिल
अनि रूपी र बट्टाईलाई छातीमै बेर्नु छ ।
(त्यसैले म आउॅंनु छ, पृ. १५० )
४: सन्देश:
कवि मल्ल समसामयिक़ चिन्तनमा बाँचिरहने जीवन्त अनुभवका पुञ्जलाई केलाएर अभिव्यञ्जनालाई स्पस्ट रुप दिन खोजेका छन् । यस सङ्ग्रहका रचनाहरू वैयक्तिक स्वतन्त्रता, सौन्दर्य र सभ्यताको पर्याय बनेर रहेको प्रकृति, माया, उत्साह, व्याकुलता, राजनैतिक बोध, डायस्पोरिक अनुभूति, आवेकको कलात्मक अभिव्यतिले कवितामा सौन्दर्य प्रकट गरेका छन् । उनी सौन्दर्यमा रमेर, प्रकृतिमा जमेर र संस्कृतिमा गमक्क परेर ग़ौरवगाथा बनाउन चाहान्छन् । शरद, जून, फूल, झरना, ऋतु, इन्द्रेणी आदि दृश्यका सुन्दरता रहेछ । वास्तविक सौन्दर्य आन्तरिक रहेछ भन्ने बोध गराउॅंदछन्।
५: निश्कर्ष र सुझाव:
लामो समयदेखि शिक्षण पेशामा आवद्द कवि डा. महेन्द्रकुमार मल्ल समाजका विविध विषयबस्तुलाई केलाएर डास्पोरिक अनुभूतिलाई विषयवस्तु बनाएर ’ भाषाको बकपत्र’ कविता सङ्ग्रहलाई पाठकमाँझ पस्केका छन्। यस सङग़्रहमा कविताको युगीन सत्यलाई लयात्मक बान्कीमा उद्भभाषित गरेका छन्। यस सङग़्रहमा रहेका रचना लेख्ने क्रममा प्रत्येक कविताको शीर्षमा सादा श्वेतश्याम चित्त्रको छायाङ्कन गरेका छन्। जसले गर्दा पाठकलाई कविताको भाव बुझ्न झनै सजिलो भएक़ो छ। कवि भूपि शेरचनको सरल शैलीको व्यङ्ग्य, चेतना, रा्ष्ट्रकवि माधवप्रसाद घिमिरेको रा्ष्ट्प्रेम, महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्वच्छन्दतावाद, मोहनराज शर्माको जस्तो लामा कविता लेखनशैली र दार्शनिक़ता कविका कवितामा मिश्रण पाइन्छन्।
समग्रमा भाषिक संरचनाका दृष्टिले प्रस्तुत कविता उच्च वौद्धिक पाठकका लागि वैशिष्ट्य देखिन्छ। नयाॅं पुस्ताका कविका लागि प्रेरणा र उत्प्रेरित देखिन्छ। कवि स्वयम् नेपाली भाषाको विज्ञ भएकोले वर्णविन्यास, भाषिक क्लिष्टमा मजबुत देखिन्छ। साथै अन्त्यानुप्रास न्यून देखिन्छ। कुनै कविता ७ पृष्ठसम्मका लामा भएकाले पाठकलाई पट्यारलाग्दो लागेता पनि बिम्ब, प्रतीक र क़ौतुहलताको संयोजनले सुनमा सुगन्ध थपेको छ। कविको उत्तरोत्तर प्रगतिको कामना सहित साहित्यका हात अघि बढ़िरहून्। शुभकामना !
– भरतपुर, चितवन।