News Portal

बालेन्द्र शाहको नागरिकतामा थर विवाद, कानुनी प्रश्न उठ्यो

३३ पटक

वीरगञ्ज, फागुन ६ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाहको नागरिकतामा थर परिवर्तन भएको विषय सार्वजनिक भएपछि यसले राजनीतिक तथा कानुनी बहस जन्माएको छ।

२०६३ सालमा महोत्तरीबाट लिइएको नागरिकतामा उनको नाम ‘बालेन्द्र साह’ उल्लेख रहेको देखिन्छ। तर २०७९ सालमा लिइएको प्रतिलिपिमा भने ‘साह’को सट्टा ‘शाह’ लेखिएको पाइएको छ। यही अवधिमा उनका आमाबुवाको नाममा समेत थर परिवर्तन गरिएको विवरण भेटिएको छ।

परिवारको प्रारम्भिक कागजात, बसाइँसराइ प्रमाणपत्र र पुराना नागरिकतामा ‘साह’ थर उल्लेख भए पनि पछिल्ला प्रतिलिपिमा दाइ बाहेक अन्य सदस्यको थर ‘शाह’ बनाइएको देखिन्छ। यसले प्रक्रिया र कानुनी आधारबारे प्रश्न उठाएको छ।

नागरिकता ऐन २०६३ अनुसार झुटो विवरणका आधारमा नागरिकता लिएको प्रमाणित भए रद्द गर्न सकिने व्यवस्था छ। यद्यपि सानातिना त्रुटि सच्याउन मिल्ने प्रावधान पनि रहेको छ। थर परिवर्तन उक्त प्रावधानभित्र पर्छ कि पर्दैन भन्ने विषयमा कानुनी स्पष्टता आवश्यक देखिएको छ।

प्रतिकृया दिनुहोस्

रास्वपा सरकारमा दुई वर्षको बाटो डेढ वर्षमै तयार हुने: बालेन

काठमाडौं, ६ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले आफ्नो नेतृत्वमा...

बेथिति र बेरोजगारी अन्त्य गर्ने अभियानमा रास्वपा : लामिछाने

काठमाडौं, ६ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा मौलाएको बेथिति र बेरोजगारी...

बालेन्द्र शाहको नागरिकतामा थर विवाद, कानुनी प्रश्न उठ्यो

वीरगञ्ज, फागुन ६ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाहको...

आज २०८२ साल फागुन ६ गतेको राशिफल

आज फागुन ६, २०८२ ( फेब्रुअरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पैदलयात्रीमाथि आक्रमण गर्ने कार चालक पक्राउ

काठमाडौं, फागुन ५ – काठमाडौंमा पैदलयात्रीमाथि मुक्का हानेको आरोपमा एक कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ...