
– कमला थापा
०८२ पौष २८ गते।
आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती। जनताले भब्यताका साथ मनाए। यो भूमिलाई नेपाल र नेपालीको हो, भनेर चिनाउने राष्ट्रपिता पृथ्वीनारायण शाह जस्ले टुक्राटुक्रामा बिभाजित राज्यहरुलाई एकिकरण गरेर सिंगो नेपाल नेपाली जनतालाई छोडेर गए। त्यसैले भन्न सकिन्छ, नेपाल पृथ्वीनारायण शाहको एकीकरणको धरोहर हो। यसको रक्षा गर्नु नेपाली जनता,शाह बंसका बंसज, तथा नेपाली सेनाको निष्ठापूर्वक कर्तब्य हुन आउँछ। राजसंस्थाको महत्व बिगतमा पनि थियो र आज यसको महत्व अझै बढ्दै गएको छ। केही बर्ष यता राजसंस्था नहूंदा देश र जनताले भोग्नु परेको दुरावस्था, बढ्दै गएको भू-राजनैतिक हस्तक्षेपले जनता मर्माहत भएका थिए। केही बर्ष यता ईतिहासलाइ बिर्सने काम राजनिति दलहरुका कारण भयो। दल भए देश अझै बिकसित हुन्छ भन्ने भ्रम जनतामा फैलाईयो। विपी कोइराला जस्तो राजनेताका कुरालाई समेत नेपाली कांग्रेसले बुझ्न नसक्दा र हामी सबै दलहरुको पछि लाग्दा आज देशले ठुलो मुल्य चुकाउनु पर्ने अबस्थामा ३ करोड जनता पुगे। त्यही भ्रममा दलका पछि लाग्ने हामिहरुमा पनि परेकै हो।
“जनता बलिया भए मात्र देश बलियो हुने, केही बर्ष यता यूवालाई प्रयोग मात्र गर्ने , उनिहरुको आबस्यकता बुझेर काम नगरिएको हूंदा यूवाहरुमा जन्मेको असन्तोषले देशमा जनधनको हानी भएको, भबिष्यका कर्णाधारहरुको ज्यान गयो यसले सबै जनता र आफुहरुलाई स्तब्ध बनाएको उल्लेख छ।”
बिगत बर्षहरुमा भन्दा राजा श्री ५ ज्ञानेन्द्र शाह सरकारको शन्देमा केही फरक पाइयो। जहां सर्बमान्य रुपमा जनतालाई राखेर सम्बोधन गरेको देखिन्छ। राजाको सम्बोधनको केही अंस उल्लेख गर्ने अनुमति चांहे। “यो देश राजाको मात्र होइन,जनता र राजाको समान स्वामित्व भएको मूलुक हो।” भाषणले यो देश बनेको होइन र बन्दैन पनि, सबै नेपालीले यो कर्तव्य बोध गरि पृथ्वीपथमा लाग्नु पर्दछ भन्ने आब्हान गरिबक्सेको छ। यूवा बिदेश पलायनलाई नियन्त्रण गर्न सकिएन भने रिएको देख्दा धेरै चिन्तित तुल्याएको हिजो देश नबनेकोमा चिन्ता थियो भने आज देश नै नबच्ने हो की ? भन्ने निराशा पैदा भएको उल्लेख छ। त्यसैले हिजो पनि जनता र राजा मिलेर एकिकरण गरेर निर्माण गरेको हुनाले फेरि पनि नेपाली जनता र राष्ट्को समग्र हितको लागि हामि सबैले आत्मसात गर्दै सबल राष्ट् निर्माणमा एकजुट हौं भन्ने शाह बंशिय ऐतिहासिक धरोहरको जिम्मेवारी ग्रहणमुलुक असफलताको संघारमा पुग्न सक्ने गहिरो चिन्ता ब्यक्त भएको छ। “जनता बलिया भए मात्र देश बलियो हुने, केही बर्ष यता यूवालाई प्रयोग मात्र गर्ने , उनिहरुको आबस्यकता बुझेर काम नगरिएको हूंदा यूवाहरुमा जन्मेको असन्तोषले देशमा जनधनको हानी भएको, भबिष्यका कर्णाधारहरुको ज्यान गयो यसले सबै जनता र आफुहरुलाई स्तब्ध बनाएको उल्लेख छ।” देश बिभिन्न चपेटामा पर्दै गएको, दलहरुको चाहना अनुसार देशमा शान्ति र आर्थिक प्रगति तर्फ देशलाई लैजान्छौ, स्थाइत्व दिन्छौ भनेर हामीले बिश्वास गरेर आफुले श्रीपेच जनतालाई नासोको रुपमा बुझाएर बाहिरिएको तर आज दुई दशक बितिसक्दा पनि देशले सामना गरिरहेको संकट , यूवा जनशक्ति, बौद्धिक पलायन र देशको आर्थिक पलायन गर्न तत्पर रहेको आब्हान गरिबक्सेको छ।
“नेता हामी जनता भन्दा फरक हौं, हामी असाधारण ब्यतित्व हौं हाम्रो खान,पान, बसाई सबै जनता भन्दा फरक हुनुपर्छ भन्ने घमण्ड दलका नेताहरुमा देखिन्छ। उदाहरणको रुपमा एमाले नेता पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लिन सकिन्छ। उहां बस्ने आसन सबैको भन्दा फरक महंगो लाग्छ त्यो राजाहरु बस्ने सिंहासन भन्दा कम छैन, त्यसमा राज दण्ड मात्र छैन, अरु सबैका साथै नागको फर्ण भएको आसन छ।”
देशमा यति ठूलो राजनैतिक बिचलन आइसक्दा पनि दलहरुमा सुधार उन्मुख चरित्र देखिनुको अलावा दम्भ, घमण्ड र तानाशाही चरित्र, त्यस्तै दोश्रो पुस्ताका कार्यकर्ताहरुमा समेत टुटफुट र सत्ता उन्मुख राजनितिक चरित्र बढ्दै गएको परिस्थिति देख्दा दलिए राजनीति झनै बदनाम तर्फ उन्मुख देखिन्छ। “नेता हामी जनता भन्दा फरक हौं, हामी असाधारण ब्यतित्व हौं हाम्रो खान,पान, बसाई सबै जनता भन्दा फरक हुनुपर्छ भन्ने घमण्ड दलका नेताहरुमा देखिन्छ। उदाहरणको रुपमा एमाले नेता पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लिन सकिन्छ। उहां बस्ने आसन सबैको भन्दा फरक महंगो लाग्छ त्यो राजाहरु बस्ने सिंहासन भन्दा कम छैन, त्यसमा राज दण्ड मात्र छैन, अरु सबैका साथै नागको फर्ण भएको आसन छ। त्यस्तो घमण्ड हिजो राजाहरु न थियो न आज देखिन्छ!
“अहिले पुराना भनिएका, बहुदल आएपछि सधै सुबिधा सम्पन्नता उपयोग गरेकाहरुमा समेत सस्तो लोकप्रियतालमा आकर्षित भएको देख्दा राजनैतिक दलहरुलाई दलिय ब्यबस्था “घांडो” भएको देखिन्छ। एकतन्त्रीय अभ्यास तर्फ उन्मुख भैरहदा राजा ज्ञानेन्द्र शाह प्रजातन्त्र जोगाउन उन्मुख देखिन्छ।”
नेपाली कांग्रेस जस्तो ऐतिहासिक प्रजातान्त्रिक पार्टि भित्र आएको बिचलन, बढदै गएको सत्ता लिप्साले फुटको संघारमा पुर्याएको छ। रजनेता विपीको सिधान्त मूल्य मान्यतालाई बिर्सिएको त धेरै काल भएकै थियो। अहिले पुराना भनिएका, बहुदल आएपछि सधै सुबिधा सम्पन्नता उपयोग गरेकाहरुमा समेत सस्तो लोकप्रियतालमा आकर्षित भएको देख्दा राजनैतिक दलहरुलाई दलिय ब्यबस्था “घांडो” भएको देखिन्छ। एकतन्त्रीय अभ्यास तर्फ उन्मुख भैरहदा राजा ज्ञानेन्द्र शाह प्रजातन्त्र जोगाउन उन्मुख देखिन्छ।
“शक्ति पृथकिकरणको सिद्धान्तलाई आत्मसाथ गर्दै विपीको सिद्धान्त, मूल्य, मान्यता र आफ्नो ४ पुस्ताको रगत पसिनाले सिञ्चित गरेको पार्टि बिगठित नहोस भन्ने उनको प्रयासलाई कोसैले कमजोरी सम्झनु हुदैन। शान्त र धैर्यताका धनी कोइरालाको राजनैतिक मध्यस्तकर्ताको भूमिका प्रसम्सा योग्य छ।”
अहिले नेपाली कांग्रेस भित्र नियमित की विशेष अधिवेशनको हानथापले विपी कोइरालाका अनुहाइ कार्यकर्ताहरु चिन्तित छन्। “नेपाली कांग्रेसको बिधानको धारा १७ को उपधारा (२) को दफामा टेकेर बिषेश महाधिवेशनको तयारीमा रहेकाहरुले सोहि धाराको उपदफा (५)लाई अनदेखा गरेको देखिन्छ। उक्त दफाले कार्यसमितिको नितिनिर्माण तथा बिधान पारित गर्न फरक-फरक समयमा अधिवेशन गर्न सक्ने छ। सकिनेछ सोका लागि पार्टि केन्द्रीय कार्यसमितिले आबस्यक निर्णय गर्नेछ भनिएको छ।” यहां बिधान मानिएको भन्दा पनि पार्टि सभापतिलाई जवरजस्ती घोक्राउने खेल देखिन्छ। यसबाट बढि चोट कसैलाइ परेको छ भने त्यो बरिष्ठ नेता डा. शेखर कोइरालालाई परेको देखिन्छ। जो पार्टि एकताको लागि मेहनत र दुबै पक्षलाई मिलाउन दिनरात नभनी मध्यस्थताको भूमिका निर्वाह गरिरहेका छन्। जस्को ४ पुस्ताको रतग पसिनाले सिञ्चित यो पार्टि भएकोले तर उनलाई पनि नटेरेको अबस्था छ। अत्यन्त मर्माहत हुदै उहाले आज एक भिडियो बिज्ञप्ति जारी गर्नु भएको छ। “शक्ति पृथकिकरणको सिद्धान्तलाई आत्मसाथ गर्दै विपीको सिद्धान्त, मूल्य, मान्यता र आफ्नो ४ पुस्ताको रगत पसिनाले सिञ्चित गरेको पार्टि बिगठित नहोस भन्ने उनको प्रयासलाई कोसैले कमजोरी सम्झनु हुदैन। शान्त र धैर्यताका धनी कोइरालाको राजनैतिक मध्यस्तकर्ताको भूमिका प्रसम्सायोग्य छ। “आफु कहिले पदको लालचमा नपरेको र त्योस्तो लालचाले आफुलाई कहिले बिचलित नबनाएको हूंदा पार्टिलाई बचाउन आफ्नो परिवारबाट पाएको बिरासतको रक्षा गर्न कुनै प्रलोभनमा नपरी एक्लो भएपनि निरन्तर आफू लागि रहने दृढता व्यक्त गर्नुभएको छ।”
“दम्भ,घमण्ड र लालचले देश बन्दैन, पृथ्वीनारायण शाहको दिव्य उपदेश, उनले निर्माण गरेको चार जात, छत्तीस बर्णको फुलवारिको रक्षा गर्नु सबै नेपाली जनताको कर्तब्य हो। राजसंस्था देश जोगाउन अपरिहार्यता हो।”
राजा, राज नेतामा हुनुपर्ने राज धर्म यही हो। लोभ र लालचमा फसेको राजनीतिले न देश जोगाउन सक्छ। न त पार्टि बचाउन दिन्छ ! देश रहे पार्टि खोल्नेहरुको पालो प्रसस्तै आउला, पहिला देशलाई प्राथमिकतामा राखेर काम गरौं, पार्टि गौण कुरा हो। दम्भ,घमण्ड र लालचले देश बन्दैन, पृथ्वीनारायण शाहको दिव्य उपदेश, उनले निर्माण गरेको चार जात, छत्तीस बर्णको फुलवारिको रक्षा गर्नु सबै नेपाली जनताको कर्तब्य हो। राजसंस्था देश जोगाउन अपरिहार्यता हो। जहां अनुशासनको आबस्यकता छ। सबैमा राष्ट् प्रेमको भावना जागोस यही शुभकामना छ। श्री पशुपतिनाथले हामी सबैको रक्षा गरुन। जय नेपाल।