
– कमला थापा
२०८२ माघ ११ गते।
नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी भएको छ। पाका यूवाहरु ले पार्टि को विषेश अधिबेशनको मुख्य नारा “बदल्यौ कांग्रेस, बदल्छौ देश” भन्ने स्लोगान दिएको छ। यो सुन्दा सायद मिठो लाग्न सक्छ तर यस्ले बुझाउने अर्थ भेग छ। कांग्रेस अबस्य बदलिएको छ। त्यो सत्य हो, पहिलेको कांग्रेसमा बिचार, इमान्दारिता, नैतिकता, आत्मियता, संस्कार मूल्य मान्यता र सिद्धान्त थियो। अहिले त्यो समाप्त भएको छ। त्यस्लाई सच्याउनु यूवाहरुको कर्तब्य
हो। “बदल्यौ कांग्रेस” भन्नु ठिक होला तर “बदल्छौ देश” यस्को अर्थ के हो ? विपी को ०३३ सालको राष्ट्रिय मेलमिलापको भावना संग मेल खान्छ कि खाँदैन ? सिक्किम भारतले लिएपछि मेरो देश खतरामा छ भनेर ज्यान जोखिममा राख्दै मेलमिलापको सन्देश लिएर आएका विपी आज उनैका पार्टि हौं भन्नेहरु “बदल्छौ देश” भन्ने नारा दिदैछन्। यस्लाई कसरी बुझ्ने ? भूराजनीतिक चपेटामा परेको दुरावस्था, पश्चिमा र अमेरिकाले सिधै लगाएको नजर, नयां राजनीतिक दलहरुमा देखिएको उछृगंखल्ता, लोप हुदै गएको राष्ट्रिय भावना, कुन अर्थले बुझ्ने ? त्यसैले “बदल्छौं देश” भनेको अर्थ बुझ्न गारो नहोला । भू-राजनीतिले उत्पादन गरेका हाइब्रिडहरुले देशलाई यूक्रेन, भेनेजुएलाको मोडलमा त लादै छैनन्! गम्भिर हुनुपर्ने अबस्था छ।
“१२ बर्ष जनहत्यामा समलग्न पार्टिले भ्रष्टचारमुक्त नयाँ नेपालको नारासहित भारतमा बसेर १२ बूंदे सहमति गरेर संसद प्रबेश गर्यो। आखिर पुरानो नेपालको मुहारै कुरुप बनाउन सफल भयो। आफ्नो नामसंग आफै डराएर पार्टि नै छोडेर भागेको अबस्था छ। त्यस्तै “अहिले नेपाली कांग्रेसको धुरी खामो भाँच्चिएको अबस्था छ। परिपक्व यूवा नेतृत्वहरु भन्दैछन्।” बदल्छौ देश” यसले के बुझाउछ ? विपीको राष्ट्रिय मेलमिलापको भावना संग खेलवाड गर्दै देशै सिध्याउने त होइन ?”
नेपाली कांग्रेसमा अहिले धुरी खामो भाँच्चिएको अबस्था छ। ०६२/६३ को आन्दोलनले राष्ट्को धुरी खामो हटायो, दलहरुले हामी बन्छौ धुरी खामो, भने राजा ज्ञानेन्द्र शाहले लौ न त हेरौं भनेर हाँसी-हाँसी सिंहासनको नासो जनतालाई सुम्पिएर आफु बाहिर बसिदिए। देशको अबस्था त्यहिंदेखी नाजुक बन्दै गयो। १२ बर्ष जनहत्यामा समलग्न पार्टिले भ्रष्टचारमुक्त नयाँ नेपालको नारासहित भारतमा बसेर १२ बूंदे सहमति गरेर संसद प्रबेश गर्यो। आखिर पुरानो नेपालको मुहारै कुरुप बनाउन सफल भयो। आफ्नो नामसंग आफै डराएर पार्टि नै छोडेर भागेको अबस्था छ। त्यस्तै “अहिले नेपाली कांग्रेसको धुरी खामो भाँच्चिएको अबस्था छ। परिपक्व यूवा नेतृत्वहरु भन्दैछन्।” बदल्छौ देश” यसले के बुझाउछ ? विपीको राष्ट्रिय मेलमिलापको भावना संग खेलवाड गर्दै देशै सिध्याउने त होइन ? भनाईको अर्थले त्यतै लक्षित गर्दैन भन्न सकिएला र ?
“नेतृत्व परिवर्तन नगरी चुनावमा जानु हुदैन भनेर गरिएको विषेश महाधिवेशनले पनि आखिर ७० बर्ष भन्दा माथिका नेताहरुलाई नै अघि लगाएर निर्वाचनमा गएको प्रस्ट छ। यहाँ बुढा र यूवाको सवाल भन्दा पनि कुरा सोच, नियत र चिन्तनको हो। राजनीतमा उमेर होईन चिन्तन र बिचारको हुन्छ। त्यसैले दोष अरु भित्र भन्दापनि पहिला आफैभित्र खोज्नु उपयुक्त हुन्छ। जेएन्जी आन्दोलनको मर्म र भावनालाई कदर गर्ने हो भने १२ बूँदे सहमति र यो संबिधानको अन्त्य भैसकेको छ। ०४७ को संबिधान नै अन्तिम गन्तव्य हो।”
जेएन्जी आन्दोलनको नाममा बनेको चुनाबी सरकार एक्लिदै सिंगो प्रधानमन्त्री मात्र रहेको अबस्था छ। सरकार चुनावी रट लगाइरहँदा जनतामा चुनावको माहोल भने बनेको अबस्था छैन। राजनीतिक दलहरु केही तातेको देखिएता पनि भरोसा कसैमा देखिदैन। नयाँ दलहरुमा आएको उत्साह, उत्ताउलो पन उनिहरुका लागि आबस्यकता होला, भने पुराना पार्टिहरुको लागि बाध्यता हो। पुराना राष्ट्रिय पार्टिहरुलाइ अहिले “नखाउ भने दिनभरिको सिकार, खाउ भने कान्छा बाबुको अनुहार” भएको अबस्था छ। तिन पार्टिका नेताहरुको अनुहार जनताले हेर्न चाहेका छैनन्। नेतृत्व परिवर्तन नगरी चुनावमा जानु हुदैन भनेर गरिएको विषेश महाधिवेशनले पनि आखिर ७० बर्ष भन्दा माथिका नेताहरुलाई नै अघि लगाएर निर्वाचनमा गएको प्रस्ट छ। यहाँ बुढा र यूवाको सवाल भन्दा पनि कुरा सोच, नियत र चिन्तनको हो। राजनीतमा उमेर होईन चिन्तन र बिचारको हुन्छ। त्यसैले दोष अरु भित्र भन्दापनि पहिला आफैभित्र खोज्नु उपयुक्त हुन्छ। जेएन्जी आन्दोलनको मर्म र भावनालाई कदर गर्ने हो भने १२ बूँदे सहमति र यो संबिधानको अन्त्य भैसकेको छ। ०४७ को संबिधान नै अन्तिम गन्तव्य हो।
“माघ १ गते प्रधानमन्त्री सुशीला कार्कीले आफ्नै कार्यकक्षमा केहि महिलालाई भेटिरहदा दिनुभएको निर्देशन आपत्ति जनक देखिन्छ। तपाईहरुले निर्वाचनमा नयाँ पार्टि र नयाँ यूवाहरुलाई जिताउनु होला, भनेको सुन्दा आश्चर्य लाग्छ। के त्यो कुर्सीमा बसेर यसरी पक्ष लिनु ठिक होला ! राजनीति यति निर्मम पनि नहोस् जस्ले जनताको जिवन नै कष्टकर होस्। त्यसैले जनता बोल्न बाध्य भएका हुन्, देश बचाउन राजसंस्था मात्र एक बिकल्प हो। जनता राजसंस्था र नेपाल सेना गुहार्न पुगेका छन्।”
देश यति गम्भीर मोडमा पुगिरहदा आफुलाई चुनाव गराउन आएको सरकारका मन्त्रीहरु मन्त्री भन्नेहरु आफै निर्वाचनमा होम्मिएका छन्। मन्त्रीहरुलाई रोक्न नसक्दा प्रधानमन्त्री एक्लिएको अबस्था छ। सरकारले आफुलाई नागरिक सरकार भनेतापनि देशप्रति उत्तरदायी, जवाफदेहिता भएको देखिदैन। यहि माघ १ गते प्रधानमन्त्री सुशीला कार्कीले आफ्नै कार्यकक्षमा केहि महिलालाई भेटिरहदा दिनुभएको निर्देशन आपत्ति जनक देखिन्छ। तपाईहरुले निर्वाचनमा नयाँ पार्टि र नयाँ यूवाहरुलाई जिताउनु होला, भनेको सुन्दा आश्चर्य लाग्छ। के त्यो कुर्सीमा बसेर यसरी पक्ष लिनु ठिक होला ! राजनीति यति निर्मम पनि नहोस् जस्ले जनताको जिवन नै कष्टकर होस्। त्यसैले जनता बोल्न बाध्य भएका हुन्, देश बचाउन राजसंस्था मात्र एक बिकल्प हो। जनता राजसंस्था र नेपाल सेना गुहार्न पुगेका छन्।
“जन आवाजको कदर गर्नु राजा र सेनाको कर्तब्य भित्र पर्दछ। जनता साथ दिन तयार भएको बेला राज धर्म निर्वाह गर्नु नै राष्ट्र प्रतिको कर्तव्य हो। सबै आ-आफ्नो कर्तव्यमा हिडौँ, राष्ट् नायक श्री ५ पृथ्वीनारायण शाहले निर्माण गरेको यो देश उनैको दिव्य उपदेशमा आधारित “पृथ्वी पथ”लाई अंगाल्नु नै सबैको धर्म, कर्म र एकिकरणको निरन्तरता हुनेछ।”
राजनीतिक दलहरुबाट देश असुरक्षित भैरहदा र सबैले आ-आफ्नो अधिकार, ब्यक्तिगत लाभ मात्र हेरिरहँदा नेपाल सेनाले जनचाहना अनुसार ०४७ सालको संबिधान, राजसंस्था सहितको प्रजातन्त्र र आफ्नो परमाधिपति किन नखोज्ने भन्ने चौतर्फी आवाज गुन्जन थालेको सुनिन्छ। जन आवाजको कदर गर्नु राजा र सेनाको कर्तब्य भित्र पर्दछ। जनता साथ दिन तयार भएको बेला राज धर्म निर्वाह गर्नु नै राष्ट्र प्रतिको कर्तव्य हो। सबै आ-आफ्नो कर्तव्यमा हिडौँ, राष्ट् नायक श्री ५ पृथ्वीनारायण शाहले निर्माण गरेको यो देश उनैको दिव्य उपदेशमा आधारित “पृथ्वी पथ”लाई अंगाल्नु नै सबैको धर्म, कर्म र एकिकरणको निरन्तरता हुनेछ। श्री पशुपतिनाथले हामी सबैको रक्षा गरुन। जय नेपाल।