News Portal

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

२३ पटक

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल रोक्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

उनका अनुसार पछिल्लो समय राष्ट्रिय झण्डालाई आन्दोलनका नाममा ओढ्ने, देश जलाउने गतिविधिमा प्रयोग गर्ने, मत माग्ने तथा राजनीतिक प्रचार–प्रसारको साधन बनाउने प्रवृत्ति बढ्दो छ, जुन स्पष्ट रूपमा बर्जित र आपत्तिजनक कार्य हो। “राष्ट्रिय झण्डा ओढ्ने कपडा होइन, यो राष्ट्रको गरिमा र पहिचानको प्रतीक हो,” आचार्यले भनेका छन्।

देशमा चुनावी माहोल तातेसँगै कतिपय उम्मेदवारहरूले राष्ट्रिय झण्डा ओढेर घरदैलो गर्ने, भाषण गर्ने तथा सार्वजनिक कार्यक्रममा प्रयोग गर्ने गरेको भन्दै यसको व्यापक आलोचना हुन थालेको छ। यसैगरी, राष्ट्रिय झण्डा ओढेर वैदेशिक यात्रामा जाने प्रवृत्तिसमेत देखिनु झण्डाको मर्यादा र महत्वमाथि प्रश्न उठाउने कार्य भएको आचार्यको भनाइ छ।

संविधानविद आचार्यले राष्ट्रिय झण्डाको प्रयोग सम्बन्धी स्पष्ट कानुनी व्यवस्था कार्यान्वयन गर्न र दुरुपयोग गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउन सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरेका छन्। उनका अनुसार राष्ट्रिय जनताको सम्मान र झण्डाको गरिमा जोगाउन अब मौन बस्न नहुने अवस्था आएको छ।

 

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...

झापामा सशस्त्र र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी फस्टायो, घुमुवा असुलीको आतंक

काठमाडौँ —झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी मौलाउँदै गएको गम्भीर आरोप लागेको छ।...

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...