News Portal

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

१५० पटक

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल रोक्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

उनका अनुसार पछिल्लो समय राष्ट्रिय झण्डालाई आन्दोलनका नाममा ओढ्ने, देश जलाउने गतिविधिमा प्रयोग गर्ने, मत माग्ने तथा राजनीतिक प्रचार–प्रसारको साधन बनाउने प्रवृत्ति बढ्दो छ, जुन स्पष्ट रूपमा बर्जित र आपत्तिजनक कार्य हो। “राष्ट्रिय झण्डा ओढ्ने कपडा होइन, यो राष्ट्रको गरिमा र पहिचानको प्रतीक हो,” आचार्यले भनेका छन्।

देशमा चुनावी माहोल तातेसँगै कतिपय उम्मेदवारहरूले राष्ट्रिय झण्डा ओढेर घरदैलो गर्ने, भाषण गर्ने तथा सार्वजनिक कार्यक्रममा प्रयोग गर्ने गरेको भन्दै यसको व्यापक आलोचना हुन थालेको छ। यसैगरी, राष्ट्रिय झण्डा ओढेर वैदेशिक यात्रामा जाने प्रवृत्तिसमेत देखिनु झण्डाको मर्यादा र महत्वमाथि प्रश्न उठाउने कार्य भएको आचार्यको भनाइ छ।

संविधानविद आचार्यले राष्ट्रिय झण्डाको प्रयोग सम्बन्धी स्पष्ट कानुनी व्यवस्था कार्यान्वयन गर्न र दुरुपयोग गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउन सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरेका छन्। उनका अनुसार राष्ट्रिय जनताको सम्मान र झण्डाको गरिमा जोगाउन अब मौन बस्न नहुने अवस्था आएको छ।

 

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...