News Portal

  • प्रधानमन्त्री प्रचण्डले “विश्वासको मत लिएर मात्रै मन्त्रिमण्डल विस्तार गर्ने तयारी

    हिमालीसंचार संवाददाता
    २१७ पटक

    काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल मन्त्रिमण्डल विस्तार नगर्ने भएका छन्। प्रधानमन्त्री प्रचण्डले पुसको अन्तिमतिर मात्रै मन्त्रीमण्डल विस्तार गर्ने बालुवाटार स्रोतले जनाएको छ।

    प्रधानमन्त्री सरकारको नीति र न्यूनतम साझा कार्यक्रम बनाएर विश्वासको मत लिइसकेपछि मात्रै सरकार विस्तार गर्ने योजनामा छन्। संविधान अनुसार ३ राज्यमन्त्रीसहित २५ जना मन्त्री बनाउन पाइन्छ। हाल ८ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएर मात्र थप मन्त्रीमण्डल विस्तार गर्न लागेका हुन्।

    राज्यका संवैधानिक निकायसहितका अन्य पदहरुको प्याकेजमै सहमति गरेर मन्त्रिमण्डल विस्तार गर्दा सरकार सञ्चालन गर्न सहज हुने प्रधानमन्त्री प्रचण्डको बुझाई रहेको छ।

    उनी १६९ सांसदको समर्थनमा आइतबार प्रधानमन्त्री नियुक्त भएर सोमबार शपथ लिएका प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउने प्रयास गरिरहेका छन्। आफूलाई थाहा नदिई एमालेसँग गठबन्धन गरेको भन्दै एकीकृत समाजवादीले आफूहरुले धोका पाएको बताई रहेका माधवकुमार नेपाल एसलाई समेत सरकारमा समावेश गर्ने उनले तयारी गरेका छन्। नेपालले हालसम्म सरकारलाई समर्थन गरेको छैन।

    यस्तै, सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी (जसपा)लाई पनि सरकारमा सामेल गराउने तयारी छ। आरामदायी बहुमतको समर्थन पाएका प्रधानमन्त्री प्रचण्ड करिब दुई तिहाइ सांसदको समर्थन लिने प्रयास गरीरहेका छन्।   

    ‘यो महिनाको अन्तिमबाट मात्र मन्त्रिमण्डल विस्तार अघि बढ्छ होला, गठबन्धनका दलबाट के राय आउँछ हेरौं,’ ती नेताले पत्रकारहरुसंग भने, ‘संसद् बैठक बस्नुअघि सरकारको न्यूनतम साझा कार्यक्रम, प्रधानमन्त्रीको योजना सार्वजनिक गरी सबै दलहरुलाई विश्वासमा लिने प्रयास हुन्छ। नेपालजीलाई पनि गठबन्धनमा सामेल गराएर सरकारमा सहभागी गराउनुछ।’ उनको भनाई थियो। 

    पछिल्लो दिन एकीकृत समाजवादीलाई मिलाउन एमालेका नेताहरुले दौडधुप बढाएका छन्। सरकारमा सहभागी हुने दलको आधारमा मन्त्रालय बाँडफाँट गर्नुपर्ने भएकोले पनि तत्काल सरकार विस्तारको सम्भावना कम छ। ‘अहिलेसम्म सरकारमा कति दल सहभागी हुन्छन् भन्ने निश्चित छैन,’ ती नेताले थपे, ‘मन्त्रीमण्डलको विस्तार पर धकेलिन्छ।’ 

    आफ्ना विश्वासिला नेतामार्फत् प्रधानमन्त्री प्रचण्ड विभिन्न दलसँग संवादमा छन्। निर्वाचनबाट नयाँ सांसद चुनिएर आएपछिको पहिलो संसद् बैठक पुस २५ गते बस्दैछ। सकभर सोही बैठक, नभए त्यसलगत्तै बस्ने बैठकबाट विश्वासको मत लिने तयारीमा उनी छन्। 

    ‘संसदबाट चाँडै विश्वासको मत लिएर अघि बढ्ने उहाँको चाहना छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘सत्ता साझेदार दल र समर्थन गरेका सांसदहरुसँग उहाँले छलफल गर्नुहुनेछ।’

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    देशभर पेट्रोलियम पदार्थ पर्याप्त, आपूर्ति सहज रह्ने आयल निगमको दाबी

    काठमाडौँ, भदौ  २६ – नेपाल आयल निगमले देशभर पेट्रोलियम पदार्थको पर्याप्त मौज्दात रहेको जनाएको छ।...

    अहंकारी नेताहरुका कारणले निम्ताएको दुर्गति

    – कमला थापा ०८२ भदौ २६ गते। काठमाण्डौ। जेन्जी साथिहरुलाई थोरै कुरा गर्न मन लाग्यो।...

    ८ सेप्टेम्बरपछि भिसा सकिएका पर्यटकले विमानस्थलमै नवीकरण पाउने

    काठमाडौं, भदौ २६ – ८ सेप्टेम्बरपछि भिसा सकिएका विदेशी पर्यटकले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आफ्नो...

    गगन थापाको जेनजीलाई सन्देश: संविधानको निरन्तरता कायम गर्न आग्रह

    काठमाडौं, भदौ २६ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिबारे आफ्नो धारणा...

    देशभरका कारागारबाट भागेका मध्ये १ हजार ४५५ कैदी पक्राउ,१२ हजार ८५२ अझै फरार

    काठमाडौं, भदौ २६ – जेनजी आन्दोलन तीव्र बनेपछि देशभरका कारागारमा भएको तोडफोड र आगजनीका घटनापछि...