News Portal

  • मन्त्रालय किन गएनन् उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, कारण यस्तो छ !

    हिमालीसंचार संवाददाता
    २८८ पटक

    काठमाडौं। सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै शपथ लिएका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभयो। त्यसपछि भने उहाँ फर्किएर मन्त्रालय जानुभएको थियो। सुरुको दुई दिन सञ्चो नभएको भनेर मन्त्रालय नगएका उहाँ बिहीबार पनि जानुभएन।

    तर उहाँले पार्टीका नेताहरुसँग भने निवासमै भेटवार्ता गर्नुभएको छ। त्यसैले श्रेष्ठ मन्त्रालय नजानुको कारण वरीयताक्रममा असन्तुष्टि पनि भएको माओवादी केन्द्रका नेताहरु बताउँछन्। एक नेताका अनुसार उपप्रधानमन्त्रीहरुमा आफ्नो पहिलो वरीयता हुनुपर्ने श्रेष्ठको दाबी छ।

    हाल मन्त्रिपरिषदको वरियतामा प्रधानमन्त्रीपछिको वरीयतामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल हुनुहुन्छ। माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ, डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला ०६७ मा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री हुनुभएको थियो।

    एमाले उपाध्यक्ष पौडेल २०७८ मा केपी शर्मा ओली नेतृृत्वको सरकारमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री हुनुभएको थियो। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पनि श्रेष्ठ पार्टीको छैटौं र पौडेल नवौं वरीयतामा हुनुहुन्थ्यो। तर अहिले प्रचण्ड सरकारका तीन उपप्रधानमन्त्रीमध्ये पौडेललाई पहिलो वरीयतामा राखिएपछि श्रेष्ठ असन्तुष्ट रहेको माओवादी केन्द्र स्रोत बताउँछ। स्रोतका अनुसार श्रेष्ठले वरीयतामा असन्तुष्टि जनाउँदै सोमबार शपथ लिन नै आनाकानी गर्नुभएको थियो।

    श्रेष्ठको असन्तुष्टि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसम्म पुगेको छ। माओवादी केन्द्रका एक नेता भन्छन्, ‘राजनीतिक र राजकीय रुपमा पनि यो मिलेन भन्ने उहाँको कुरा जायज हो छ। अध्यक्षहरुबीच कुराकानी हुँदा पनि मिलाउँला भन्नुभएको छ।’ उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ भने अस्वस्थ भएकै कारण मन्त्रालय नगएको बताउँछन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...

    सभामुख गाडीविहीन, राप्रपा सांसदले फिर्ता गरेको गाडी फेरि लिए

    पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका...