News Portal

जसपाका रामसहाय यादव एक दिन अगावै संसदीय दलको नेता चयन

हिमालीसंचार संवाददाता
२९६ पटक

काठमाडौं – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्ना विश्वासपात्र भनिएका रामसहायप्रसाद यादवलाई तोकिएको मितिभन्दा एक दिन अगाडि नै संसदीय दलको नेता चयन गरेका छन्।

जसपा नेपालको संसदीय दलको नेतामा अशोककुमार राईले दाबी गरिरहे पनि उनलाई पछि हट्न लगाउँदै रामसहाय यादवलाई दलको नेता घोषणा गर्न लागाएको एक सांसदले हिमालीसंचारडटकमलाई जानकारी दिए।

श्रोतका अनुसार ‘अध्यक्षज्युले सर्वसम्मत रूपमा रामसहायजीलाई दलको नेता बनाउने तयारी गरिहनु भएको थियो। उहाँले सबै सांसदलाई यस विषयमा जानकारी पनि गराउनु भएको छ। सहमतिमा रामसहायजीलाई नै संसदीय दलको नेता बनाउने पक्षमा छ।’ 

जसपा नेपालको १२ जना सांसद छन्। राईको पक्षमा ५ जना छन्। राजकिशोर यादव, प्रदीप यादव, विरेन्द्र महतो र सुशिला श्रेष्ठ राईको पक्षमा छन्। अध्यक्ष यादवले उनका विश्वसपात्र भिनिएका यादवलाई संसदीय दलको नेता चयन गरेपछि पछिल्लो समयमा अध्यक्ष यादवको चौतर्फी आलोचना भइरहेको छ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...