News Portal

बालकोट पुगेर रवि लामिछानेले ओलीसँग पावर माग्दा अर्थमन्त्री पौडेलले के भने ?

हिमालीसंचार संवाददाता
४१९ पटक

काठमाडाैँ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मंगलबार साँझ एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगे। रविभन्दा केही समयअघि बालकोट पुगेका अर्का उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल बालकोटमै थिए। संयोगवश दुवै जनाको भेट भयो।

दुवै उपप्रधानमन्त्रीले एमाले अध्यक्ष ओलीसँग सरकारमा सहभागी भएपछि भएका बैठक र काम कारबाहीका बारेमा जानकारी गराए। उनीहरूले सरकार कसरी चलाउँदा राम्रो हुन्छ भनेर अध्यक्ष ओलीसँग राय मागेको ओलीको सचिवालयले जनाएको छ।

रास्वपाका सभापतिसमेत रहेका गृहमन्त्री रविले ओलीसँग भएको भेटवार्तामा गृह मन्त्रालय सञ्चालनका लागि ‘पावर’ मागेको ओलीनिकट एक नेताले क्यानडानेपाललाई जानकारी दिए।

रविले ‘गृहमा राजनीतिक हस्तक्षेप धेरै हुन्छ रे !’ भन्दै त्यो रोकेर काम गर्ने वातावरण बनाइदिन ओलीसँग आग्रह गरेको बालकोट स्रोतले जनाएको छ। उनले अर्थमन्त्री विष्णु पौडलेकै अगाडि एमाले अध्यक्ष ओलीसँग यस्तो आग्रह गरेको स्रोतले बतायो।

‘मैले आपराधिक क्रियाकलापका विषयमा पहिलादेखि नै अध्ययन गर्दै आएको थिएँ। गृहमन्त्री भएको २ दिनमै गृहमा अपराधका मुद्दाको चाङ छ जस्तो लाग्यो। त्यही भएर मलाई काम गर्न कतैबाट दबाब आएन भने तपाईंले गृहमन्त्री बनाएको नाक थाम्छु,’ रविलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘अब तपाईंले भनेजस्तै काम हुन्छ। त्यही भएर गृह मन्त्रालय सञ्चालनमा राजनीतिक अवरोध भएन भने सय दिनमा राम्रो रिजल्ट देखाउँछु।’

गृहमन्त्री रविले ओलीलाई पहिलो चरणमा आफूले गरेको काम र निर्णयका बारेमा पनि जानकारी गराएका थिए। ओलीले भने, ‘काम गर्दै जानु बानी परिन्छ। मैले सक्ने सहयोग गर्छु’ भन्ने जबाफ र आश्वासन दिएको स्रोतले जनाएको छ।

रविले ओलीसँग गृह मन्त्रालयको पावर मागेको नजिकै बसेर सुनिरहेका अर्का उपप्रधानमन्त्री पौडेल भने मुसुमुसु हाँसिरहेका थिए। पौडेलले अन्तिममा ठट्यौली गर्दै ‘रविजी ! राजनीति अलिक फरक हुन्छ है’ भनेका थिए।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...