News Portal

बालकोट पुगेर रवि लामिछानेले ओलीसँग पावर माग्दा अर्थमन्त्री पौडेलले के भने ?

हिमालीसंचार संवाददाता
३६४ पटक

काठमाडाैँ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मंगलबार साँझ एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगे। रविभन्दा केही समयअघि बालकोट पुगेका अर्का उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल बालकोटमै थिए। संयोगवश दुवै जनाको भेट भयो।

दुवै उपप्रधानमन्त्रीले एमाले अध्यक्ष ओलीसँग सरकारमा सहभागी भएपछि भएका बैठक र काम कारबाहीका बारेमा जानकारी गराए। उनीहरूले सरकार कसरी चलाउँदा राम्रो हुन्छ भनेर अध्यक्ष ओलीसँग राय मागेको ओलीको सचिवालयले जनाएको छ।

रास्वपाका सभापतिसमेत रहेका गृहमन्त्री रविले ओलीसँग भएको भेटवार्तामा गृह मन्त्रालय सञ्चालनका लागि ‘पावर’ मागेको ओलीनिकट एक नेताले क्यानडानेपाललाई जानकारी दिए।

रविले ‘गृहमा राजनीतिक हस्तक्षेप धेरै हुन्छ रे !’ भन्दै त्यो रोकेर काम गर्ने वातावरण बनाइदिन ओलीसँग आग्रह गरेको बालकोट स्रोतले जनाएको छ। उनले अर्थमन्त्री विष्णु पौडलेकै अगाडि एमाले अध्यक्ष ओलीसँग यस्तो आग्रह गरेको स्रोतले बतायो।

‘मैले आपराधिक क्रियाकलापका विषयमा पहिलादेखि नै अध्ययन गर्दै आएको थिएँ। गृहमन्त्री भएको २ दिनमै गृहमा अपराधका मुद्दाको चाङ छ जस्तो लाग्यो। त्यही भएर मलाई काम गर्न कतैबाट दबाब आएन भने तपाईंले गृहमन्त्री बनाएको नाक थाम्छु,’ रविलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘अब तपाईंले भनेजस्तै काम हुन्छ। त्यही भएर गृह मन्त्रालय सञ्चालनमा राजनीतिक अवरोध भएन भने सय दिनमा राम्रो रिजल्ट देखाउँछु।’

गृहमन्त्री रविले ओलीलाई पहिलो चरणमा आफूले गरेको काम र निर्णयका बारेमा पनि जानकारी गराएका थिए। ओलीले भने, ‘काम गर्दै जानु बानी परिन्छ। मैले सक्ने सहयोग गर्छु’ भन्ने जबाफ र आश्वासन दिएको स्रोतले जनाएको छ।

रविले ओलीसँग गृह मन्त्रालयको पावर मागेको नजिकै बसेर सुनिरहेका अर्का उपप्रधानमन्त्री पौडेल भने मुसुमुसु हाँसिरहेका थिए। पौडेलले अन्तिममा ठट्यौली गर्दै ‘रविजी ! राजनीति अलिक फरक हुन्छ है’ भनेका थिए।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...