News Portal

अदालतको फैसला नआउँदै गृहमन्त्री बनाईनु कानुनी संवत छैन : धर्मेन्द्र बास्तोला

अमेरिकी नागरिकलाई गृहमन्त्री बनाउने संसदीय व्यवस्थाको नीति हो ?

हिमालीसंचार संवाददाता
२५९ पटक

काठमाडौं। नेकपा(बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलाले सरकारमाथि गम्भीर प्रश्न गरेका छन्। उनले अमेरिकी नागरिकलाई गृहमन्त्री बनाउने संसदीय व्यवस्थाको कुन नीति उल्लेख गरिएको छ भन्दै सरकारलाई प्रश्न गरेका हुन्।

आज(मंगलबार) पत्रकार सम्मेलनको आयोजनामा नेकपा(बहुमत) र नेकपा मसालबीच एकता हुनेबारे जानकारी गराउँदै उनले यस्तो प्रश्न गरेका हुन्। धमेन्द्रले मंसिर ४ गगतेको निर्वाचनमा खसेको मतबाटै संसदीय व्यवस्थामाथि असन्तुष्टि देखेको बताए।

उनले नागरिकता विवाद नटुङ्गिँदै रवि लामिछानेलाई गृहमन्त्री बनाएको प्रति असन्तुष्टि व्यक्त गरे। ‘रवि छामिछानेले गृहमन्त्री नपाए समर्थन फिर्ता गर्छु भन्नुभयो। उहाँको नागरिकता विवादबारे सर्वोच्च अदालतमा मुद्दा छ। नेपाली नागरिक हो कि अमेरिकी भन्ने टुंगो भएको छैन। कानुनी हिसाबले उहाँले नेपाली नागरिकता छाडिसक्नुभएको छ। उहाँ एउटा अमेरिकन नागरिकका हिसाबले चुनावमा जानुभयो र जित्नुभयो,’ बास्तोलाले भने।

उनी भन्छन्, ‘भोलि अदालतले सफाइ देला तर त्यो अलग कुरा भयो। तर, अदालतको फैसला नआउँदा नै गृहमन्त्री भए। त्यसले यो व्यवस्थामा कुनै नीति र नैतिकता नभएको देखाउँछ। अराजकता मात्रै छ।’

नागरिकता सम्बन्धि अदालतमा मुद्दा विचाराधिन हुँदाहुँदै उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवार दिनु कानुनी संवत नभएको उनले जिकिर गरे।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...