News Portal

अदालतको फैसला नआउँदै गृहमन्त्री बनाईनु कानुनी संवत छैन : धर्मेन्द्र बास्तोला

अमेरिकी नागरिकलाई गृहमन्त्री बनाउने संसदीय व्यवस्थाको नीति हो ?

हिमालीसंचार संवाददाता
३११ पटक

काठमाडौं। नेकपा(बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलाले सरकारमाथि गम्भीर प्रश्न गरेका छन्। उनले अमेरिकी नागरिकलाई गृहमन्त्री बनाउने संसदीय व्यवस्थाको कुन नीति उल्लेख गरिएको छ भन्दै सरकारलाई प्रश्न गरेका हुन्।

आज(मंगलबार) पत्रकार सम्मेलनको आयोजनामा नेकपा(बहुमत) र नेकपा मसालबीच एकता हुनेबारे जानकारी गराउँदै उनले यस्तो प्रश्न गरेका हुन्। धमेन्द्रले मंसिर ४ गगतेको निर्वाचनमा खसेको मतबाटै संसदीय व्यवस्थामाथि असन्तुष्टि देखेको बताए।

उनले नागरिकता विवाद नटुङ्गिँदै रवि लामिछानेलाई गृहमन्त्री बनाएको प्रति असन्तुष्टि व्यक्त गरे। ‘रवि छामिछानेले गृहमन्त्री नपाए समर्थन फिर्ता गर्छु भन्नुभयो। उहाँको नागरिकता विवादबारे सर्वोच्च अदालतमा मुद्दा छ। नेपाली नागरिक हो कि अमेरिकी भन्ने टुंगो भएको छैन। कानुनी हिसाबले उहाँले नेपाली नागरिकता छाडिसक्नुभएको छ। उहाँ एउटा अमेरिकन नागरिकका हिसाबले चुनावमा जानुभयो र जित्नुभयो,’ बास्तोलाले भने।

उनी भन्छन्, ‘भोलि अदालतले सफाइ देला तर त्यो अलग कुरा भयो। तर, अदालतको फैसला नआउँदा नै गृहमन्त्री भए। त्यसले यो व्यवस्थामा कुनै नीति र नैतिकता नभएको देखाउँछ। अराजकता मात्रै छ।’

नागरिकता सम्बन्धि अदालतमा मुद्दा विचाराधिन हुँदाहुँदै उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवार दिनु कानुनी संवत नभएको उनले जिकिर गरे।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...