News Portal

प्रधानमन्त्रीसहित ८ मन्त्रीको सपथ ग्रहणमा सँगै ओली–नेपाल, तर गरेनन् हेराहेर !

हिमालीसंचार संवाददाता
२६६ पटक

काठमाडौं। सोमबार राष्ट्रपति भवन शीतल निवासमा एउटा फरक दृश्य देखियो। प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सहित ८ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगै एमालेबाट छुट्टिएका माधवकुमार नेपाल पनि देखिए।

सपथ ग्रहण कार्यक्रममा दुवै जना सँगै बसेपनि एकअर्काबिच बोलेनन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले मुखमा केही चपाएजस्तो देखिन्थे भने नेपाल गम्भीर मुद्रामा सपथ कार्यक्रम नियालिरहेका थिए। ओली भने दायाँबायाँ केही हेरे जस्तो गर्थे। तर, नेपाल भने एकटक एकतर्फीमात्र नियालिरहेका थिए।

प्रधानमन्त्री रहँदा ओलीले संसद् विघटनगरेपछि चिसिएको सम्बन्ध अन्ततः एमाले फुटमा पुगेको थियो। एमाले फुटेपछि नेपालले नेकपा एकीकृत समाजवादी पार्टी दल दर्ता गरे। तर, मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेपालको पार्टी राष्ट्रिय दल बन्न सकेन तर, प्रतिनिधिसभा र प्रदेशमा उपस्थित भने राम्रै राख्यो।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...