News Portal

कल्पना राईकाे शब पठाउन युके र कुवेतका संघसंस्थाबाट आर्थिक सङ्कलन (नामावली सहित)

हिमालीसंचार संवाददाता
१०१५ पटक

हरि बानियाँ,कुवेत सिटी। वैदेशिक रोजगारीको सिलसिलामा कुवेत आएकी खोटाङ ऐसेलुखर्क-५ फुर्सेकी कल्पना राईले गत नोभेम्बर १६ तारिखमा आत्महत्या गरेकी थिईन। घरेलु कामदार (राहदानी नम्बर १०६८४८०५)को रुपमा कुवेत आएकी कल्पना इलिगल (अवैधानिक) भएकि थिईन।

अवैधानिक भएर काम गर्दै आएकी कल्पनाकाे मृत्यु भएपछि शव नेपाल पठाउन केही ढिलाई भएपनि कानूनी प्रक्रिया पुरा गरेर नेपाल पठाउनुपर्ने भएको कारणले गर्दा फेरि नै केही समय लागेको बताइएको छ।

देशमा रोजगारीको अवसर नहुँदा दैनिक युवा/ युवती रोजगारीका लागि विश्वका विभिन्न देशमा गइरहेको छन्। रोजगारीका लागि विदेश पलायन भएका युवाले पनि सोच अनुरुपमा सेवा सुविधा पाउन सकेका छैनन।

रोजगारीमा जाने तयारी गरेदेखि विदेशमा पुगेपछि पनि युवा ठगी बढ्दो छ। रोजगारीका लागि विदेश जाने तयारी गर्दै गर्दा युवा-युवती केही मात्रै सचेत भएको अवस्थामा पनि ठगीबाट जोगिन सकिन्छ।

अहिले गाउँ-गाउँमा रोजगारीका लागि विदेश पठाइदिन्छु भन्दै प्रलोभनमा पार्ने दलालको बिगबिगी छ। वैदेशिक रोजगारमा आउदा जहिले पनि वैधानिक रुपमा आउने र बैधानिक रुपमा काम गर्दा कुनैपनि कामदारलाई समस्या वा कामदारको मृत्यु भएमा वैदेशिक रोजगार विभाग तथा विदेशस्थित नेपाली दूतावासले सहयोग गर्ने गरेका छन।

यदि अवैधानिक व्यक्तिको मृत्यु भएमा कानुनी समस्या जटिलता आर्थिक अभावकै कारणले शब नेपाल पठाउन समस्या हुने गरेको छ। अवैधानिक भएर काम गर्नुहुँदैन। एउटा उदाहरण कल्पना राईकाे शब नेपाल पठाउन लगभग एक महिना जति नै लाग्ने भयो। कानुनी जटिलता आर्थिक अभावको कारणले गर्दा नै ढिलो भएको हो। त्यस कारण पनि सकेसम्म अवैधानिक हुने कोसिस नगरौँ।

कल्पना राईको शव नेपाल पठाउन संकलन गरेको रकमको विवरण यसप्रकार छ:-

१) किरात राई यायोक्खा कुवेत – १५० केडि
२) नेपाली साँस्कृतिक समाज युके – १३० केडि
३) ट्याक्सी व्यवसायी संघ कुवेत – ५१ केडि
४) सुनुवार सेवा समाज कुवेत – ५०.७५० केडि
५) तमु सेवा समाज कुवेत – ३५ के डि
६) किरात याक्थुङ चुम्लुङ कुवेत – ५१ केडि
७) एनआरएनए कुवेत – ५० केडि
८) हिमाली संसार अनलाइन मिडिया – १० केडि

जम्मा उठेको ५२७ दिनार ७५० फिल्स रकमबाट कल्पना राईकाे शब नेपाल पठाउन लाग्ने खर्च ३८५ केडि नेपाली दुतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण सिलवाललाई हस्तान्तरण गरिएको छ भने, बाकी रहेको १४२ दिनार ७५० फिल्स रकम मृतकको काजक्रियाको लागि उनको परिवारलाइ नेपाल पठाउने किरात राई यायोक्खा कुवेतका अध्यक्ष मन्जित चाम्लिङ राइले जानकारी दिए। किरात राई यायोक्खा कुवेतकाे अभियानमा आर्थिक सङ्कलन गरिएकाे थियाे।

यो पनि पढ्नुहोस।

कुवेतमा खोटाङकी कल्पना राईको मृत्यु, परिवारलाई सम्पर्कमा आउँन दुताबासको अनुरोध

प्रतिकृया दिनुहोस्

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...

रवि लामिछानेविरुद्धको अभियोग संशोधन प्रकरण : सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं, फागुन २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग सम्बन्धित अभियोग संशोधन प्रकरण...

अनुहार फेरि फेरि षडयन्त्र नगरौं !

– कमला थापा २०८२ फाल्गुन २५ गते सोमबार। “अनुहार फेरि-फेरि षडयन्त्र नगरौं” उक्त भनाइ श्री...

आज २०८२ साल फागुन २५ गतेको राशिफल

आज फागुन २५, २०८२ ( मार्च ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सुनसरी-१ मा हर्क साम्पाङ विजयी

काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी–१ बाट विजयी भएका छन् । उनले...