News Portal

कुवेतमा खोटाङकी कल्पना राईको मृत्यु, परिवारलाई सम्पर्कमा आउँन दुताबासको अनुरोध

हिमालीसंचार संवाददाता
७८२३ पटक

कुवेत सिटी। बैदेशिक रोजगारीको शिलशिलामा कुवेत आएकी कल्पना राईको मृत्यु भएको खबर प्राप्त भएको छ। खोटाङको ऐसेलुखर्क-५ फुर्सेकी कल्पनाले नोभेम्बर १६ तारिखमा आत्महत्या गरेको बुझिएको छ।

कुवेतमा घरेलु कामदारको रुपमा कार्यरत (पासपोर्ट नं. १०६८४८०५) रहेकी मृतक कल्पनाको परिवारलाई सम्पर्कमा आउँन नेपाली राजदूतावास  कुवेतका द्वितीय सचिव श्रीकृष्ण सिलवालले आग्रह गरेका छन। उनले के कारणले आत्महत्या गरिन भन्ने बारेमा खुल्न नसकेको बताइएको छ।

मृतकको परिवार सम्पर्कमा आए पश्चात मृतक कल्पनाको शव नेपाल पठाउने प्रक्रिया अघि बढ्ने हुदा यदि कुवेतमा कार्यरत खोटाङ्ग जिल्लाबासी  कसैलाई मृतकको बारेमा जानकारी र परिवारसँग चिनजान भएमा नेपाली राजदूतावास कुवेतमा सम्पर्क गराईदिनुहुनसमेत अनुरोध गरिएको छ।

यो पनि पढ्नुहोस।

कल्पना राईकाे शब पठाउन युके र कुवेतका संघसंस्थाबाट आर्थिक सङ्कलन (नामावली सहित)

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...