News Portal

एमालेले निर्वाचनमा धोखा दिएको जसपाको निष्कर्ष

हिमालीसंचार संवाददाता
२९३ पटक

बारा। जनता समाजवादी पार्टी नेपाल (जसपा)ले बारा क्षेत्र नम्बर २ को चुनावी समीक्षा गरेको छ। सो क्षेत्रबाट जसपाका कार्यकारिणी सदस्य रामसहाय यादव विजयी भएका थिए।

बाराको ४ नम्बर क्षेत्रमा बसेको समीक्षा बैठकमा एमालेबाट चुनावमा धोखा भएको निष्कर्ष निकालेको सो पार्टीका नेता रामसहाय यादवले बताए। दई पार्टीबीच गठबन्धन भएपनि एमालेले जसपालाई उल्लेख्य मत नदिएको गुनासो उनले गरे।

जसपाका नेता रामकिशोर यादव र कामेश्वर यादवले प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिएका थिए भने शारदा शङ्कर साह कलवारले पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए। त्यसले गर्दा एमालेका मतदाता विभाजित भएर पार्टीलाई असर गरेको निष्कर्ष बैठकले निकालेको छ।

रामसहाय यादवले १३ हजार ८२२ मत ल्याएर चुनाव जितेका थिए भने उनका प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार १३ हजार ४६८ मत ल्याएका थिए।

सोही पार्टीबाट बागी भएर स्वतन्त्र उम्मेदवारी दिएका रामकिशोर यादवले ११ हजार ४३ मत ल्याएका थिए। समीक्षा बैठकले प्रतिवेदन तयार गरेर केन्द्रमा पठाउने नेता यादवले बताए।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...