News Portal

कमला घिमिरे व्यंग्यात्मक गीतका कारण विवादमा

हिमालीसंचार संवाददाता
३७९ पटक

काठमाडौं। प्रत्यक्ष लोकदोहोरी “छहारी बजारमा” सुमन परियारसँग गाएको गीतका कारण बालगायिका कमला घिमिरे विवादमा परेकी छन्।

छहारी युट्युब च्यानलले ५ दिनअघि युट्युबमा अपलोड गरेको यो दोहोरीका टुक्काहरु टिकटक लगायत सामाजिक सञ्चालमा भाइरल भइरहेका छन्।

कतिपयले गीतमा रहेको गायिका घिमिरेको स्वरको तारिफ गरेका छन् भने धेरैले गीतमा पछिल्ला चर्चित स्क्याण्डल मसलाको रुपमा प्रयोग भएको भन्दै आलोचना गरेका छन्।

यो दोहोरीमा कसलाई निशाना बनाइएको हो भन्ने बुझ्न कठिन छैन। खासगरी १० लाख वाला टुक्काले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ।

कतिपयले समीक्षा अधिकारीलाई चोट दिएको भन्दै सामाजिक सञ्जाल मार्फत गीत बहिष्कारको माग गरेका छन्।

सर्वसाधारणले मात्र होइन, लोकदोहोरी क्षेत्रका कलाकारले पनि कमलाले यस्तो गीत गाउनु र गाउन लगाउनु गलत भएको भन्दै प्रतिक्रिया दिएका छन्।

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...