News Portal

कमला घिमिरे व्यंग्यात्मक गीतका कारण विवादमा

हिमालीसंचार संवाददाता
३४६ पटक

काठमाडौं। प्रत्यक्ष लोकदोहोरी “छहारी बजारमा” सुमन परियारसँग गाएको गीतका कारण बालगायिका कमला घिमिरे विवादमा परेकी छन्।

छहारी युट्युब च्यानलले ५ दिनअघि युट्युबमा अपलोड गरेको यो दोहोरीका टुक्काहरु टिकटक लगायत सामाजिक सञ्चालमा भाइरल भइरहेका छन्।

कतिपयले गीतमा रहेको गायिका घिमिरेको स्वरको तारिफ गरेका छन् भने धेरैले गीतमा पछिल्ला चर्चित स्क्याण्डल मसलाको रुपमा प्रयोग भएको भन्दै आलोचना गरेका छन्।

यो दोहोरीमा कसलाई निशाना बनाइएको हो भन्ने बुझ्न कठिन छैन। खासगरी १० लाख वाला टुक्काले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ।

कतिपयले समीक्षा अधिकारीलाई चोट दिएको भन्दै सामाजिक सञ्जाल मार्फत गीत बहिष्कारको माग गरेका छन्।

सर्वसाधारणले मात्र होइन, लोकदोहोरी क्षेत्रका कलाकारले पनि कमलाले यस्तो गीत गाउनु र गाउन लगाउनु गलत भएको भन्दै प्रतिक्रिया दिएका छन्।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...