News Portal

शक्तिशाली त्रिपाठीलाई ढालेका विनोद चौधरीको क्षमतालाई कांग्रेसले कसरी सदुपयोग गर्ला ?

हिमालीसंचार संवाददाता
३०९ पटक

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नवनिर्वाचित प्रतिनिधि सभाका सांसद विनोदकुमार चौधरी अर्थ व्यवस्थाका जानकार मानिन्छन्।

कुटनीति, राजनीति र आर्थिक क्षेत्रमा चौधरीको राम्रो पकड छ। कांग्रेसले चौधरीको सोही क्षमता बुझेर नै नवलपरासी-१ बाट प्रतिनिधि सभामा टिकट दियो।

चौधरीले कांग्रेसको विश्वासलाई खेर जान दिएनन्। उनले २९ हजार ५ सय १९ मतका साथ शानदार जित पनि हासिल गरेका छन्।

चौधरीले एमालेको समर्थन पाएका जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयश त्रिपाठीलाई पराजित गरेका हुन्। त्रिपाठीले जम्मा २२ हजार ३ सय २८ मत पाए।

नवलपरासीबाट त्रिपाठीले ४ पटकसम्म प्रतिनिधि सभामा निर्वाचित भएका थिए। त्रिपाठी जस्तो व्यक्तिलाई हराउनु चौधरीका लागि सहज थिएन। पार्टीभित्रका साथीहरूलाई मिलाएर चौधरीले जित निकालेका हुन्।

यस पटक कांग्रेसका चौधरीले कम्युनिस्ट पृष्ठभूमिका त्रिपाठीलाई राजनीतिक यात्रामा ब्रेक लगाइदिएका छन्। पटक–पटक मन्त्री बनेका त्रिपाठी कमजोर थिएनन्।

कांग्रेसले केन्द्रीय सदस्य एवम् उद्योगी, व्यवसायी समेत रहेका बौद्धिक व्यक्तित्व चौधरीलाई टिकट दिएर नवलपरासीमा चारतारे झण्डा गाड्न सफल भएको छ।

आगामी सरकारको नेतृत्व कांग्रेसले गर्ने सम्भावना छ। सरकारमा चौधरीलाई उपयुक्त मन्त्रालयको जिम्मेवारी दिने हो भने अर्थ व्यवस्थामा ठूलो टेवा पुग्नेछ।

चौधरी ग्रुपका अध्यक्ष समेत रहेका उनलाई मुलुकको अर्थतन्त्र कसरी माथि उकास्ने र अयातमा भन्दा पनि निर्यातमा काम कसरी गर्ने भन्ने विषयमा जानकारी छ।

छिमेकी राष्ट्रहरूसँग पनि चौधरीको राम्रो सम्बन्ध छ। उनलाई अर्थ, परराष्ट्र वा उद्योग, वाणिज्य तथा आपूर्तिमध्येका जुन मन्त्रालय दिए पनि सहज रुपमा चलाउन सक्छन्।

विशेष गरेर चौधरीलाई अर्थ मन्त्रालय दिने हो भने कमजोर अर्थ व्यवस्थालाई माथि उकास्न सक्ने क्षमता रहेको अर्थ विज्ञहरूको भनाइ छ। चौधरीले व्यवसायमा गरेको प्रगतिको क्षमतालाई अवसरका रुपमा कांग्रेसले प्रयोग गर्नुपर्ने चर्चा हुन थालेका छन्।

उद्योगी व्यवसायीहरूको योगदान र सहयोगकै कारण मुलुकको अर्थतन्त्र सुधार हुने हो। त्यो कुरा चौधरीलाई राम्रोसँग जानकारी छ।

अहिलेसम्मका अर्थ मन्त्रीहरूले गरेका काम सकारात्मक र राम्रा भएपनि निजी क्षेत्रको व्यक्तिले अर्थ मन्त्रालय चलाउँदा त्यसको प्रभाव निकै राम्रो हुने विज्ञहरूको भनाइ छ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...