News Portal

सुनसरी क्षेत्र नं. १ मा जसपा नेपालका अशोक राई विजयी

रास्वपाकी शरिनलाई ४५३ मतले पछि पार्दै राई विजयी

हिमालीसंचार संवाददाता
४८८ पटक

धरान – सुनसरी क्षेत्र नं १ मा एमाले जसपा नेपालका उम्मेदवार अशोककुमार राई सुनसरी क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।

जसपा नेपालका उम्मेदवार अशोककुमार राईले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ (शरिन) लाई ४५३ मतान्तरले हराउदै विजयी भएका हुन्। राईले १७,०५९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी तामाङले १६, ६०६ मत पाएकी छिन्। 

त्यस्तै, गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार मुक्सामहाङ मेन्याङ्बोले १३,०८७ मत प्राप्त गरेका छन् भने राप्रपाका उम्मेदवार अशोककुमार राई (अविरल)ले ७,८८४ मत प्राप्त गरे। स्वतन्त्र उम्मेदवार मनोजकुमार मेन्याङ्बोले ७,८१२ मत, अर्का स्वतन्त्र उम्मेदवार तर्कबहादुर मगरले ३,८१८ प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय धरानले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...