News Portal

भोजपुरमा विकास गरेको थिएँ तर मूल्याङ्कन भएन – शेरधन राई

हिमालीसंचार संवाददाता
४४८ पटक

काठमाडौँ। प्रदेश नम्बर १ को पूर्व मुख्यमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता शेरधन राईले निर्वाचनको हारलाई लिएर भोजपुरका जनताले आफ्नो योगदानको मूल्याङ्कन नगरेको बताएका छन्।

शुक्रबार पत्रकार सम्मेलन गर्दै राईले छोटो समयमा भोजपुरको विकासमा योगदान पुर्‍याएको भएपनि त्यसको उचित मूल्याङ्कन नभएको उल्लेख गर्दै अर्को पटक न्याय पाउने आशा रहेको बताए।

‘मलाई भोजपुरले साझा सम्पत्तिको रूपमा ग्रहण गरेर जिल्लाको विकास र समृद्धिमा प्रयोग गर्ने छ भन्ने ठानेको थिएँ तर म गलत साबित भए,’ उनले भने।

राईले निर्वाचनको हारलाई आफूले सहर्ष स्वीकार गरेको भन्दै साथ दिने मतदातालाई धन्यवाद दिए। यस पटकको निर्वाचनमा राई माओवादीका सुदन किरातसँग पराजित भएका हुन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...