News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • प्रचण्डले ‘मुकेश’लाई मन्त्री बनाउने दिए आश्वासन, मेयर साम्पाङको गरे प्रशंसा (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    २०८ पटक

    धरान – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले धरानको भानुचोकमा आयोजित बृहत चुनावी आम सभालाई सम्बोधन गर्न क्रममा सुनसरी क्षेत्र नं. १ का गठबन्धनका साझा उम्मेदवार मुक्साम हाङ मेन्याङ्बो (मुकेश) लाई जिताएर पठाए मन्त्री बनाउने अश्वासन दिए ।

    अध्यक्ष प्रचण्डले धरानको भानुचोकमा आयोजित चुनावी बृहत आम सभामा धरानको विकासमा राष्ट्रिय स्तरको नेताको अभाव महशुस भएको बताउँदै मुकेशलाई सुनसरी क्षेत्र नं. १ बाट जिताएर पठाए मन्त्री बनाउने बताएका हुन्। उनी संगै धरान आएका कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशचन्द्र महतले पनी आम सभालाई सम्बोधन गरेका थिए। 

    नेपाली कांग्रेसका सह–महामन्त्री एवम्  प्रवक्ता डा. प्रकासशरण महतले नेकपा एमालेका अध्यक्ष केपी ओलीले कुरा गर्ने तर काम नगर्ने आरोप लगाएका डा. महतले अव देशमा काम गर्ने नेतृत्वको आवश्यकता रहेको औंल्याए ।

    “ओली जी कुरा गर्नुहुन्छ काम गर्नुहुन्न । काम गर्ने नेतृत्वको आवश्यकता छ । यो गठबन्धनले काम गरेर देखाउँछ,” डा. महतले भने, “विकासको आकांक्षा, उन्नतीको आकांक्षा, युवाको रोजगारीको आकांक्षा पुरा हुने समेत बताए  ।”

    अध्यक्ष प्रचण्डभन्दा अगाडी संबोधन गरेका महतले ओलीले समावेसी संविधानलाई भत्काउन चाहेको आरोप लगाए । विशेष परिस्थिमा बनेको गठबन्धनले संविधानलाई रक्षा गर्दै विकास निर्माण, संमृद्धि, रोजगारी सिर्जना गर्ने डा. महतको भनाई थियो ।

    आन्दोलनका क्रममा गठबन्धनको जन्म भएको बताएका अध्यक्ष प्रचण्डले कोरोना नियन्त्रणका लागि प्रभावकारी भूमिका खेल्यो भने अर्का तिर स्थानीय तहका निर्वाचन सफलता पूर्वक सम्पन्न गरेर देशमा ट्रयाक भन्दा बाहिर जान खोजेको राजनीतिलाई ट्रयाकमा राखेर सहज अगाडी बढाएको बताए। प्रदेश र संघको निर्वाचन हुदैछ। प्रदेश र संघको यो निर्वाचन जनमत जस्तो रहेको उल्लेख गरे । अध्यक्ष प्रचण्डले अगाडी जाने विचार प्रबृति, धार र गठबन्धनले जित्ने की पछाडी फर्किने विचार प्रबृति गठबन्धन र धारले जित्ने भन्ने जनमत संग्रह जस्तो हुदैछ। त्यसकारण अगाडी जाने विचार र प्रबृतिलाई समर्थन गरेर फेरी देशमा प्रतिगमण नहुने, फेरी देशमा राजनीतिक अस्थिरताले टाउको उठाउन नपाउने र हामी स्थिरताको विकास र नया युग तिर जाने वातावरण तयार गर्ने अवसर तपाई हाम्रो अगाडी रहेको बताए। 

    अध्यक्ष प्रचण्डले यो गठबन्धनलाई जति धेरै मतद्वारा विजय गराउन सक्यौं। त्यति देशमा राजनीतिक स्थायीत्व हुने र शान्ति प्रक्रिया निष्कर्षकमा पुग्ने समेत बताए। उनले त्यति नै विकास र समृद्धिले नया गति लिने पनी बताए। ०७२ सालको संविधनले नेपालमा महिलालाई, दलितलाई, आदिबासी जनजातिलाई, मधेसीलाई, मुस्लिमलाई, मजदुरलाई र किसानलाई सबैलाई धेरै अधिकार दिएको छ। र, यो संविधान माथी प्रहार भनेको नेपालका सबै उत्पिडन वर्ग, जाति, क्षेत्र समुदायमाथिको प्रहार भएको बताएका उनले जनताको अधिकारको रक्षाको निम्ति यो पटक हामीले गठबन्धनका पक्षमा बलियो मत, बलियो जनमत प्रकट गर्नु पर्ने अबस्था आएको बताए। 

    अध्यक्ष प्रचण्डले लोकतन्त्र स्थापना र शान्ति सम्झौतामा गिरिजाप्रसाद कोइरालासंग सहकार्य गरेको स्मरण समेत गरे । कोइरालादेखि नै कांग्रेससंगको गठबन्धनको निरन्तरता हो। बाह्र बुदे समझदार, बिस्तृत शान्ति सम्झौता, संविधान सभा, संधीय लोकतान्त्रिक गणतन्त्र हुदै अगाडी बढाउने पार्टी र नेतृत्वहरुकै यो गठबन्ध रहेको स्पष्ट पारे। 

    अध्यक्ष प्रचण्डले अर्को गठबन्धन कता कता राजाबादीहरुको, सामन्ति निरङकुशता तिर फेरी फर्कन चाहने देशलाई पछाडी धकेल्न चाहनेहरुको गठबन्धन पनी रहेको बताए। त्यस कारण यो गठबन्धन विशिष्ट छ भन्न खोजेको उनको भनाई थियो। 

    धरान भूपू गोर्खा सैनिकहरुको निकै ठुलो बाहुल्य भएको क्षेत्र पनी हो। अहिले ब्रिटिस सरकारसंग सम्वाद, बार्ता चलिरहेको छ। समान कामका निम्ति, समान तलव सुविधाको निम्ति आफु प्रत्येक्ष रुपले जोडिएको हुदा सम्पूर्ण भूपू गोर्खा सैनिकहरुलाई विश्वास दिलाउन चाहन्छु। प्रधानमन्त्री देउवा संग यो विषयमा धेरै गहिरो गरी कुरा भएको बताएका उनले ब्रिटिस सरकारसंग छिटोभन्दा छिटो यो समस्याको समाधान गर्न आफ्नो मद्धत हुने समेत बताए। 

    अध्यक्ष प्रचण्डले धरानको खानेपानी समस्या समाधानका लागि धरानका मेयर हर्क साम्पाङले गरिरहेको प्रयासको खुलेर प्रशंसा गरे । उनले धरानको सुकुम्बासी समस्या हल गर्ने, धरानका भूपू सैनिकलाई सम्मान जनक पेन्सनको व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । अध्यक्ष प्रचण्डले मेयर साम्पाङको कामको प्रशंसा गर्दै भने; वहाले धेरै दुख गर्नु भएको छ। त्यो दुखलाई हामी सबैले सम्मान गर्नु पर्छ। मेयर हर्क साम्पाङको चाहनालाई केन्द्रबाट बजेट छुट्याएर मद्धत गर्ने विश्वास समेत दिलाए। त्यस्तै, धरान खेलकुदको शहर भएकाले रंगशाला निर्माणमा पूर्णता दिने र आवश्यक सहयोग गर्नेसमेत आश्वासन दिए। 

    त्यस्तै, वीपी कोइराला विज्ञान प्रतिष्ठान एशियाकै ठुलो प्रतिष्ठान हुदा हुदै पनी त्यसको व्यवस्थापनमा जति सुधार हुनु पर्ने त्यो नभएको हुनाले आगामी सरकारले व्यवस्थित गर्न विशेष ध्यान दिने कुरामा पनी उनले विश्वास दिलाए। यो गठबन्धन सरकार यो निर्वाचनलाई मात्र बनेको होइन। यो गठबन्धन भनेको लोकतन्त्र, संविधान र जनताको अधिकारको रक्षाको निम्ति बनेको गठबन्धन हो। त्यसैले यो गठबन्धन आगामी ५ बर्षसम्म निरन्तर रहने बताउदै गठबन्धनलाई १०/१५ बर्षसम्म लानु पर्ने उनको धारणा थियो। 

    प्रतिकृया दिनुहोस्

    कुवेतबाट नेपाल पैसा पठाउँन लागि सजिलो र भरपर्दो बैंक ‘अमन एक्सचेन्ज’

    कुवेतको अमन एक्सचेन्जबाट नेपालको आईएमई पे वालेट खातामा र आईएमई बैंककाे काउण्टर तथा जुनसुकै बैंक...

    आयुर्वेदिक स्वास्थ्य केन्द्रमा बिरामीकाे चाप बढ्दै

    मोरङ। माेरङकाे रंगेली नगरपालिका ७ स्थित वडा कार्यलयकाे भवनमा बिगत ४ बर्षदेखी मेरो स्वास्थ्य मेरो...

    पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै

    ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दै गएको छ। पाथीभराको दर्शनसँगै...

    भेटेरिनरी अस्पताल अस्तब्यस्त, सेवा नपाउँदा किसान निराश

    सिरहा। सदरमुकाममा सिरहाम रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र अस्तव्यस्त अवस्थामा रहेको छ। अस्पताल...

    इजरायल र हिजबुल्लाहबीच युद्धविराम

    एजेन्सी। अमेरिका र फ्रान्सद्वारा मध्यस्थ गरिएको सम्झौतामा दुवै पक्ष सहमत भएको भन्दै अमेरिकी राष्ट्रपति जो...