News Portal

एमालेकी करिष्माले राप्रपाकी नेतृ रेखा थापाको पक्षमा भोट मागिन्

हिमालीसंचार संवाददाता
३५८ पटक

धरान – आगामी मंसिर ४ गतेको प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारहरु दलबल सहित घर दैलो कार्यक्रममा छन्। एमालेकी करिष्मा मानन्धरले मोरङ क्षेत्र नं. ३ मा उम्मेदवार नेतृ रेखा थापाको पक्षमा भोट मागेकी छिन्।

मोरङ क्षेत्र नं. ३ बाट राप्रपाकी उम्मेदवार बनेकी अभिनेत्री रेखा थापाको चर्चा पनि यसपटक ह्वात्तै बढेको छ । चलचित्र क्षेत्रकै अन्य कलाकारले अभिनेत्री थापाका पक्षमा खुलेरै भोट मागिरहेका छन् । एमालेकी अभिनेत्री करिश्मा मानन्धरले पनी रेखालाई खुलेरै भोट मागेकी छन् । कलाकार राष्ट्रका अभिन्न अंग भएको बताउँदै मानन्धरले सामाजिक सञ्जाल फेसबुक मार्फत थापाकी पक्षमा भोट मागेकी हुन् ।

‘कलाकार राष्ट्रका अभिन्न अंग हुन् । संस्कृति, संस्कारका संवाहक हुन् । यो क्षेत्रको निर्माण, विकास गर्न धेरै कलाकारले धेरै संघर्ष र परिश्रम लगानी गरेका छन् । यो एउटा करोडौं लगानी भएको क्षेत्र बनिसकेको छ । अब हाम्रो कदम राज्यको मुख्य तहमा आफ्नो कुरा पुर्‍याउने हो । यो संघर्षमा सामेल योद्धा रेखा थापालाई भोट गर्न मोरङ जिल्लाबासीलाई आग्रह गर्दछु ।’ उनले लेखेकी छिन्।

एमालेका उम्मेदवार ईश्वर पोखरेल, नवराज सिलवाल सहित घरदैलो कार्यक्रममा व्यस्त रहेकी अभिनेत्री मानन्धरले खुलेरै थापाको पक्षमा भोट मागेकी हुन्। रेखासहित अन्य कलाकारहरु पनि यतिबेला मोरङ क्षेत्र नं. ३ मा घरदैलो कार्यक्रममा व्यस्त छिन्।  

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...