News Portal

शाक्यको पक्षमा जनलहर बढ्दै, एक पटक अवसर दिन आग्रह

हिमालीसंचार संवाददाता
३८६ पटक

सुर्खेत। सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा (क) वाम लोकतान्त्रिक गठबन्धन प्रत्यक्ष तर्फका उम्मेदवार कालिप्रसाद शाक्यले विकास निर्माणको लागि एक पटक आफुलाई अवसर दिन आग्रह गरेका छन्।

निर्वाचन प्रचार प्रचारको क्रममा जनतामाझ शाक्यले जनताका स–साना मुद्दालाई प्रमुख प्रथामिकताका साथ उठाउने प्रतिवद्धता व्यक्त गरेका छन्। शाक्यले जिल्लामा रहेको भूमिहिनको समस्या, सडक निर्माण, विद्युत, खानेपानी, ढल निकास जस्ता कुराहरुलाई प्रमुख एजेण्डा बनाएको बताएका छन्।

आफु निर्वाचित भएमा प्रदेशसभाबाट हुन सक्ने ऐन कानून निर्माण अन्य व्यवस्थापकिय पक्षमा जोडदार रुपमा लाग्ने भनेका छन्। कांग्रेस नेता शाक्यसंगै नेकपा एमाले कर्णाली प्रदेश इन्चार्ज यामलाल कंडेल चुनावी मैदानमा छन्।

यस अघि निर्वाचित भएर कंडेलले आफ्नो क्षेत्रको लागि केहि पनि गर्न नसकेको भन्दै शाक्यले यस पटक आफुलाई निर्वाचित गराउन मतदातालाई आग्रह गरिरहेका छन्।

सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ प्रदशसभा (क)बाट २०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट यामलाल कंडेल निर्वाचित भएका थिए।

कंडेललाई जनताले पटकपटक अवसर दिएपनि सत्ता र शक्तिको लोपमा समग्र वीरेन्द्रनगरलाई नै ओझेलमा पारेको शाक्यको आरोप छ। यसपटक पार्टी भन्दा माथि उठेर आफुलाई भोट दिन आग्रह समेत गरेका छन्।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...